Second Chapter

Second Chapter

SECOND CHAPTER:
दोश्रो अध्याय
मलाई हाम्रो प्यारो गुरुहजुर को हो जस्तो लाग्छ ?
सारा संसार, पृथ्वीनै सिसाझैँ चर्किरहेको छ । जताततै भुकम्प, सुनामी, बमबारुदले अनि साना ठूला कयौँ युद्धले, धर्मभित्रको विकृती अनि घृणाबाट सृजित मान्छे–मान्छे बिचको लडाँई सबैले यो सुन्दर प्रकृतिको विनास गरिरहेको छ जसकारण यो संसार कोल्टे फेर्न लागिरहेको छ । संसार चिच्याई रहेको छ तर संसारको चिच्याहटमा कसैको ध्यान छैन । कोहिले सुनेकै छैनन भने कोहि नसुनेझैँ गरिरहेका छन् । संसार आफै संघर्षमा भएको बेला पूर्ण व्रह्माण्ड एवं ग्रहलाई बचाउन, सारा धर्मावलम्बी भित्रको विसंगती सुधार गर्दै सारा मानव धर्मलाई सप्तरङ्गी फुलझैँ एउटै सुन्दर मालामा गाँस्न प्रेम र शान्तिको आवाज लिएर यो कृत्रिम युगमा मानवता जोगाउन आउनुभएका हिज होलिनेस् माष्टर गड्यान्जल साँच्चैनै यस युगले माग गरेको अत्यान्त श्रेष्ठ आध्यात्मिक गुरु होइसिनुहुन्छ ।

उता अरुको सेवाका हेतु दुःखलाईनै साथी बनाई मानव हितको निम्ती गुरुहजुर संघर्ष गरिरहनु भएको छ भने यता तपाई–हामीजस्तै कयौँ युवाहरु चोर, डाका, हत्यारा बनिरहेका छौँ । वहाँ पनि तपाई–हामीजस्तै एक युवा होइसिनुहुन्छ तर महामहिम हामीजस्तै हजारौँ युवालाई सुधार्न दिनरात अनवरत प्रयास गरिरहनु भएको छ। आज वहाँजस्तो महान् गुरुको छत्रछाँयामा हजारौँ युवाहरु सहि बाटोमा हिडिँरहेका छन् भने यस्ता बुद्धको असल कुराहरु किन नसुन्ने त?

गुरुहजुरको सन्देश भन्नुनै प्रेम र शान्ति हो । “शान्ति वृक्ष हो भने प्रेम चाँहि जरा हो”–अति सरल तर शाश्वत सन्देशबाट उब्जीएको प्रेमवाद दर्शननै आजको बिमारी युगको एकमात्र औषधी हो । यहाँ प्रेमविना शान्ति असम्भव छ । जसरी एउटा आमाले आफ्नो बच्चालाई प्रेम गर्छिन त्यस्तै सारा विश्वका मानिसहरुले एक–अर्कालाई प्रेम गर्ने हो भने विश्वमा युद्धहरुनै हुदैँनथ्यो ! तर आज एक–अर्कालाई गरिने घृणाबाट, मनमा राखिने दोषबाट मान्छेको मानवता हराँउदै गइरहेको छ । मान्छेले मान्छेको हत्या गर्नु सामान्य भइसकेको छ । धर्मसम्प्रदायको नाममा हिंसा भइरहेकै छ । हाम्रो जिवनबाट प्रेम साँच्चै हराईरहेक छ अनि हामीले प्रेमको परिभाषा पनि विर्सिसकेका छौँ । यस्तो परिस्थितीमा प्रेमको सन्देश लिएर आउनुभएका परमगुरुहजुर, हिज् होलिनेस् माष्टर गड्यान्जल आज हामीलाई सुधार्न अनि नयाँ जिवन दिन भनि शान्तिको दुतका रुपमा आउनुभएको छ ।

वहाँको आगमन पश्चात आज हजाराँै युवाहरु प्रेमवाद (हेभेन्ली पाथ) को सन्देश फैलाउँदै बाँचौ र बचाँऔको सिद्धान्तमा अधि बढिरहेका छन् जसमध्ये म पनि एक हुन पाएकी छु सो म अत्यान्तै खुशी छु । यस मार्गमा सधैँ हिँडिरहन पाँउ, ईश्वरसँग मेरो यहि विन्ती सधैँ रहने छ ।

Thank you
Sewangmee and Jai Prem !
हजुरहरुको चेली, छोरी
Angel Devi
"जुन वृक्षले लटरम्म मिठो फल फलाउँछ त्यहि वृक्षले ज्यादा ढुंगाको प्रहार पनि सहनु पर्दछ ।" HHMG