Lovism (प्रेमवाद)

Lovism (प्रेमवाद)

हेवेन्ली पाथको महत्वपूर्ण अंगको रूपमा एउटा छुट्टै दर्शन रहेको छ, त्यो हो - प्रेमवाद l मानिसभित्र विद्धमान शक्तिशाली भावको रूपमा रहने प्रेमभावलाइ शाशवतता, व्यापकता, इमान्दारिता र सह-अस्तित्वतर्फ डोर्याउनु प्रेम्वादको उदेश्य हो l त्यसका लागि यसभित्र परम्परित अर्थको विपरितलिंगी वासनात्मक आकर्षण भन्दा माथि उठेर प्रेमको व्याख्या गरिएको छ l  प्रेम्वादले मानिसहरु बिचको मात्र होइन मानव र अन्य प्राणि जगत तथा इश्वर र मानव बिचको प्रेमलाई पनि जीवनको परिधिभित्र ल्याएको छ l यसबाट प्रेमवादभित्र उत्खनन गर्न खोजिएको प्रेम स्वाभाविक रूपमा व्यापक र शाश्वत छ l हुन त अन्य दर्शनहरुलेपनि प्रेमलाई स्थान दिएकै हुन् तर ति नीति उपदेशभन्दा अघि बढ्न सकेनन् l सोहि तथ्यलाई मनन गर्दै प्रेमवादले प्रेमलाई सम्पूर्ण बिकृति, तनाव र युद्धजस्ता समस्याहरुको समाधानका लागि प्रस्थानबिन्दुको रूपमा लिएको छ l यस अर्थमा प्रेम साधन होइन साध्य हुनुपर्छ भन्ने प्रेम्वादको जिकिर हो l प्रेमलाई साध्य बनाउन व्यक्तिको जीवनशैली नै प्रेममय हुनुपर्छ l प्रेम कस्तो हुनुपर्छ र प्रेमवाद के हो भन्ने प्रष्ट्याउन सुप्रिम मास्टर गडएन्जलज्युको यस काव्यात्मक उक्ति पर्याप्त छ :

सुनोस् आवाज कानले दिनदुःखीहरुको
देखोस् शुध आँखाले भित्रिय दुःखभाव सबको
ओँठले सधैं अरुलाई हँसाओस्
दायाँ हातमा दया अनि बायाँ दान गर्न नाथाकोस
करुणाभाव भिजोस् यो छातीमा
प्रेमको दियो बलोस् हरेक पाइला-पाइलामा
लाएको लुगामा नि प्रेम चम्कोस
चिसोले भिजेकाहरुलाई न्यानो मिलोस्
जीवन नै सारा यस्तो होस्
अरुको सेवामा मर्न सकोस् l

"प्रेमको भावनाले नै संसारलाई अति सुन्दर बगैंचाको रुपमा निर्माण गर्न सकिन्छ"- सुप्रिम मास्टर गडएनजल