- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
Hyansen
Hyansen
(HYANSEN)ईयान्सेन
हेवेन्ली पाथमा संस्कार गरिंदैन, ईयान्सेन गरिन्छ l सामान्य बाहिरी रूपमात्रै हेर्ने हो भने ईयान्सेन र संस्कारमा कुनै फरक देखिदैन केवल गर्ने तरिका मात्रै भिन्न देख्न सकिन्छ l तर, यसभित्र लुकेको यथार्थ दर्शनलाई केलाएर हेर्ने हो भने भिन्नता प्रस्ट देख्न सकिन्छ l संस्कार धर्म दर्शन अनुसारको कर्मकाण्डको रूपमा गरिन्छ, तर ईयान्सेन कर्मकाण्ड होइन l जन्म देखि मृत्यूसंम गरिने कार्य नै संस्कार हो यहि कार्य नै ' ईयान्सेन ' पनि l तर, संस्कार संस्कारै हो र ईयान्सेन दर्शन हो l ईयान्सेन मान्छेको जन्मपश्चात मृत्यूसम्मका सबै कार्यहरुमा प्रभुकै सृष्टि नियम अनुसार गरिन्छ l संस्कारहरु दर्शन वा धर्मशास्त्रनुसार भीन्नाभिन्नै तरिकाले गरिन्छ l हेवेन्ली पाथ धर्म होइन र ईयान्सेन अन्य धर्मशास्त्र अनुसार चल्ने कुरो पनि भएन l ईयान्सेन हेवेन्ली पाथको एउटा दर्शन हो l ईयान्सेंका सबै बिषयहरु रहस्यहरुका महाराजा (प्रभु) संग जोडिएका छन् l प्रभुसँग जोडिएका सबै बिषयहरु दर्शन हुन्, संस्कार होइनन् l संस्कार मान्छेको सिर्जना हो l शास्त्रहरू नै मान्छेको सिर्जना भएकाले यस बिषयमा थप बोल्नु आवश्यक देखिदैन l धर्महरुको सामूहिकीकरण गरिएपछि संस्कार पनि धर्महरुकै खटन अनुसार अगाडी लागेका छन् l तिनीहरुले यथार्थलाई ध्यान दिएका छैनन् l एक अर्काबीच आफू राम्रो भएको अहम् बढाएका छन् l यस अवस्थामा ईयान्सेन संस्कारगत शुद्दिकरण र एकताको सूत्र ठहरिएको छ l ईयान्सेन गर्दा महत्वपूर्ण तीन कुराहरु छन् - प्रार्थना, निशुई, र पवित्रता l प्रार्थनाको स्थान सबैभन्दा माथि छ l यसमा अपार शक्ति लुकेको हुन्छ l सहि प्रार्थनाबाट हामीले ठूला पापहरु बाट क्षमा पाउन सकिन्छ l ईयान्सेंमा प्रार्थना अति महत्वपूर्ण छ l प्रार्थना प्रभुप्रतिको बिस्वास र पवित्रभावले गर्नुपर्दछ l प्रभु अति करुणामयी हुनुहुन्छ l निशुई सुप्रिम मास्टर गडएनजलज्युले बाहिरी आँखामा उतार्नुभएको भएतापनि यो उहाँको सृजना होइन l यो प्रभुकै हो l परम् गुरुज्यूका अनुसार निशुई प्रभुसँग सोझै सम्पर्क हुने माध्यम हो l निशुईको हरेक हरफमा रहस्यमय शक्ति लुकेको छ l यसमा रहस्यका गहिराइहरु छन् l यसमा स्वर्गीय रहस्य खोल्ने अर्थात अनन्त रहस्य खोल्ने चाबी हुन्छ l
निशुईमा भएजस्ता शब्दहरु सायदै अन्त होलान्, जसले प्रभुसँग सोझो सम्पर्क बनाउन सकोस् l यसकारण, निशुईलाई पवित्र भावनाले वाचन गर्नुपर्दछ l पवित्रताको महत्व पनि उत्तिकै छ l यहाँ पवित्रताका केहि प्रकारहरु दिइएका छन् l हृदयको पवित्रता, वचनको पवित्रता, शरीरको पवित्रता, विशवास, प्रेम, र प्रार्थनाको पवित्रता l ईयान्सेन गर्दा यी तीन कुराहरु अर्थात प्रार्थना, निशुई, र पवित्रतालाई सँधै ध्यानमा राखौं l प्रभुको आशिष हामीलाई अवश्य मिल्ने छ l
ईयान्सेन सम्पन्न गर्न खटिने व्यक्तिलाई सैईइं भनिन्छ l ईयान्सेन कार्यमा आफ्नो इच्छा अनुसार जतिपनि सैईइं राखन सकिन्छ l तर सैईइं संख्या १, ३, ७ वा दोहोरो वा तेहोरो अंकको संख्या भए संख्याको अन्तमा माथि उल्लेखित अंकहरु रहने गरि राखन सकिन्छ l धेरै सैईइंहरुहुँदा एक जनाले प्रमुख सैईइंको भूमिका निभाउदछ l प्रमुख सैईइं हुन ईयान्सेंका बिधिहरुबारे जानकारी हुने पर्छ l निशुई वाचन गर्न सक्ने जो कोहि पनि सैईइं बन्न सक्छन l यदि कसैलाई ईयान्सेन कार्यको ग्यान भए आवस्यक ईयान्सेन आफैले गर्न सकिन्छ l हेवेन्ली पाथले प्रचलनमा ल्याएका ईयान्सेन बिधिहरु बलिभोग तथा अन्नहवनबाट मुक्त छन् l सबै किसिमका दान - दक्षिणा गर्ने प्रथाबाट मुक्त छन् l अन्धविस्वासबाट टाढा ईयान्सेन सम्पन्न गर्दा कुनै सैईइंलाइ ढोग्नु पर्दैन, भेटि चढाउनु पर्दैन l दियो, कलस, पानी, तितेपाती, सिरु, दुबो (स्थान र ऋतु अनुसार जुनसुकै प्रकारको फूल ) भए कुनै पनि किसिमको ईयान्सेन सम्पन्न गर्न सकिन्छ l ईयान्सेन गर्दा कुनै पनि व्यक्तिले ऋणको बोझ उठाउनु पर्दैन l
हेवेन्ली पाथ र बेशभूशाको दृष्टिले पनि विशिस्ट रहेको छ l परम् गुरुज्युको पहिरन छुट्टै छ l निहिंग गुरुज्युको पहिरन भिन्नै छ l त्यस्तै अन्य गुरुज्युहरुको पहिरन पनि भिन्न भिन्नै ढाँचाका छन् l गुरुहरुको मात्रै होइन, सायंग, सायांग्मी, ईयान्सेन प्रमुख, होल्कार्यकर्ता, सैइंग सबैको पहिरन फरकफरक छन् l सबैको पहिरनको साझा विशेषता भनेको सबै सेतो पृष्ठभूमिमा तयार भएका छन् l र सबैमा कतै न कतै , कुनै न कुनै रूपमा इन्द्रेणी रङ राखिएको छ l स्वर्गयात्रिहरुले प्रयोग गर्ने यस्ता वेशभूषाको गहन दार्शनिक अर्थ पनि छ र जसले लगाए पनि सुहाउने साथि भद्रता र सालिनता झल्काउने किसिमको छ l
हेवेन्ली पाथ र बेशभूशाको दृष्टिले पनि विशिस्ट रहेको छ l परम् गुरुज्युको पहिरन छुट्टै छ l निहिंग गुरुज्युको पहिरन भिन्नै छ l त्यस्तै अन्य गुरुज्युहरुको पहिरन पनि भिन्न भिन्नै ढाँचाका छन् l गुरुहरुको मात्रै होइन, सायंग, सायांग्मी, ईयान्सेन प्रमुख, होल्कार्यकर्ता, सैइंग सबैको पहिरन फरकफरक छन् l सबैको पहिरनको साझा विशेषता भनेको सबै सेतो पृष्ठभूमिमा तयार भएका छन् l र सबैमा कतै न कतै , कुनै न कुनै रूपमा इन्द्रेणी रङ राखिएको छ l स्वर्गयात्रिहरुले प्रयोग गर्ने यस्ता वेशभूषाको गहन दार्शनिक अर्थ पनि छ र जसले लगाए पनि सुहाउने साथि भद्रता र सालिनता झल्काउने किसिमको छ l