His Holiness "Supreme Master Godangel" (बालतपस्वी सत्गुरु ओम्नन्द)

His Holiness "Supreme Master Godangel" (बालतपस्वी सत्गुरु ओम्नन्द)

 सुप्रीम मास्टर गडएंजलज्यू स्वर्गिक मार्ग का सुत्रधार हुनुहुन्छ l उहाँको जन्म वि. सं. २०३७ चैत्र १७ गते उदयपुर जिल्लाको मैनामैनी गाउँ बिकास समिति वडा नं २ मांगतेन गाउँको एक निम्नबर्गीय परिवारमा भएको हो l उहाँ जयहादुर र पन्चेश्वारीका कान्छो सन्तान हुनुहुन्छ l सुप्रीम मास्टर गडएंजलज्यूको जन्म हुनुअघि घरमा ढोल-झ्याम्टाका आवाजहरु गुन्जने गर्थे l उहाँको जन्म भैसकेपछि सानो भूइंचालो गएको थियो र जन्म भएको स्थान प्रकाशमय भएको थियो l जन्मेको सातौ दिनमा आमा घरभित्र पस्नुहुन्दा नाबालकलाई सर्पले बेरेको अवस्थामा पाउनुभयो l यो देखेर आमा अत्तालिनु भएपछि सर्प त्यहिँ अल्पियो l यसरि अदभूत घटनाहरुका साथ् जन्मनुभएका सुप्रीम मास्टर गडएंजलज्यूको जन्मअघि उहाँको जन्मबारे महागुरु फाल्गुनन्द, महाप्रभू ज्योतिनन्दले भविष्यवाणी गर्नुभएको थियोl  यसबाहेक गाउँकै पुजारीहरूले पनि उहाँको जन्मबारे भविष्यवाणी गरेका थिए l उहाँकी आमाले पनि स्वप्नदर्शन पाउनुभएको थियो l उहाँ तिन बर्षको उमेरदेखि घर परिवारलाई जानकारी नगराई पटक पटक बनवास लाग्नुभएको थियो l त्यस समयमा रक्ताम्य एवं सेताम्य वास्त्रधारिहरुले उहाँलाई लिएर जान्थे l जंगलमा लगेर प्रवचन दिन लगाउँथे l प्रवचन सुन्नेहरु जनावर र चराचुरुंगीहरु हुन्थे l तिनीहरु नजिक आएर बुझेझैं मौन रहन्थे l परिवारका सदस्यहरुलाई कुनै सुचना नदीई घर छोड्ने क्रममा उहाँले कंचनजंघा, कुम्भकर्ण, र सगरमाथा लगायतका हिमाली छेत्रतिर विचरण गर्नुभयो l त्यस यात्रामा उहाँले पहाडी पाखापखेरा तथा खोला-खोल्साका पानीमा समेत तपस्या गर्नुभयो l यस्ता कति अवस्थाहरुमा रहस्यमयी जीवन जिउनुभएको उहाँद्वारा रचित भाजन्हारुमा लेखिएका छन् l यो उहाँले जिउनुभएको आध्यात्मिक जीवन हो, जुन हाम्रो कल्पनाहन्दा धेरै टाढाको छ l त्यसरी बेखबर भै यात्रा गर्ने क्रममा आमा-बाबुले उहाँ जीवित नरहेको ठानी उहाँको मृत्यू-संस्कार गर्ने तयारीसमेत गर्नुभएको थियो l तर घरमा हुन लागेको त्यस अपशकुनबारे अंतर्ग्यानबाट थाहा पाई उहाँ सोहि दिन घरमा टुप्लुक्क आइपुग्नुभएको थियो l आफूलाई परम् प्रधान परमेश्वरको दूतको रूपमा चिनौनुहुने परम् गुरुज्यूले बाल्यावस्था एवं किशोरावस्थाको लामो तपस्या र आध्यात्मिक साधनापाची दलाइ लामा, हुन्चें लामा, सैबबा, शंकराचार्य आदिसंग प्रत्यक्ष भेटघाट र कुराकानीसमेत गर्नुभएको छ l यसका साथि उहाँ भारत् र क्यानाडामा सम्पन्न अन्तराष्ट्रिय सम्मेलनहरुमा वक्ता तथा प्रमुख अतिथिको रूपमा सहहागी भईसक्नुभएको छ l उहाँले जापान, सिंगापुर,थाईल्याण्ड, हंगकंग, अमेरिका, मलेसिया, चिन, पाकिस्थान, ब्रुनाई, उत्तर र दक्षिण कोरिया, इजराइल, अफगानिस्थान, रसिया, फ्रान्स, निदरल्याण्ड, पोल्याण्ड, इटाली, बोज्निया, बेलायत, आदि देशहरुको भ्रमण गरिसक्नुभएको छ l केवल भ्रमण मात्र नगरी पुगेका धेरै देशहरुमा प्रचार-प्रसार गर्नुभइ हेवेन्ली पाथको बिजारोपण गर्नु भएको छ l

प्रखर भविश्यवाक्ताका रूपमा सुपरिचित सुप्रिम मास्टर गडएन्जलज्युले दरबार हत्याकाण्ड, अमेरिकाको जुम्ल्याहा भवन माथिको आक्रमण, सुनामी, इराक युद्धह आदि चर्चित घटनाहरुबारे भविष्यवाणी गर्नुभएको थियो l दरबार हत्याकाण्डको भविष्यवाणी गर्दा उहाँले ठूलै शारीरिक तथा मानसिक यातनाको सामना गर्नु पर्यो l त्यस क्रममा उहाँले १८ पटकसम्म जेल-जीवन भोग्नु पर्यो l त्यसबाहेक उहाँले नेपाल र भारतका दुइ दर्जन जति ठूलाठूला प्राकृतिक पोखरीहरुमा विश्वध्वन्सको चेतावनीस्वरूप स्वर्गिक ध्वजा राखी त्यही ध्वजा राखिएको बाँसमा उधोमुण्टो झून्डीएर ५ घण्टा ४१ मिनेटसम्म प्रवचन दिनुभएको छ l त्यस्तै, ताप्लेजुंग जिल्लामा अवस्थित भूते पोखरीको भूत मार्ने, ओसावालुंग माथि ध्वजा र ढोल-झ्याम्टा राख्ने, सिक्किमको रंगित खोला र उदयपुरमा ऐतिहासिक महत्वका सालिकहरु उत्खनन गर्ने जस्ता अदभूत कार्यहरु गरिसक्नुभएको छ l उहाँद्वारा सम्पन्न त्यस्ता अदभूत कार्यहरु प्रत्यक्ष देख्ने थुप्रै व्यक्तिहरु जिवितै छन् र केहीको भिडियो रेकोर्ड तथा तस्वीरहरुसमेत सुरक्षित छन् l

रुढीग्रस्त समाजलाई सत्य दर्शनले आलोकित गर्दै लैजाने क्रममा उँहाले विभिन्न किसिमका कठिन परिस्थितिहरुको सामना पनि गर्नु पर्यो l समाजमा बिध्वान कहलाइनेहरुबाट उहाँ उपेक्षित एवम् अपमानित समेत हुनुपरयो l मानव समाजलाई अन्धविश्वासबाट मुक्त गरि सत्यको बाटोतर्फ लम्काउने महान कार्यमा आफ्नो जीवन समर्पित गर्नु भएका परम् गुरुज्यु मानिसहरुको त्यस किसिमको व्यवहारबाट अत्यन्त निरास हुनुभयो l निराशा बढ्दैजाँदा उँहामा आत्माहत्या गर्ने बिचार समेत उत्पन्न भएको थियो l त्यसको परिणामस्वरूप उहाँले सातपटकसम्म आत्महत्या गर्ने असफल प्रयास समेत गर्नुभयो l अन्ततः दुःख र उतारचढावलाई जीवनको अभिन्न पाटोको रूपमा स्वीकार गर्दै उहाँले आफ्नो संसारिक यात्रा अगाडी बढाउनुभयो l त्यही यात्रानै हेवेन्ली पाथ हो l

हेवेन्ली पाथ भारत सन् २००४, हेवेन्ली पाथ नेपाल सन् २००५ र हेवेन्ली पाथ हंगकंग सन् २००६ मा दर्ता भैसकेको छ भने यात्रा गर्नुभएका देशमध्ये धेरैमा दर्शन विस्तारकालागि समिति निर्माण गरिसक्नुभएको छ l हेवेन्ली पाथको यहि दर्शनलाई विश्वव्यापीगर्न सुप्रिम मास्टर गडएन्जलज्यु विश्व यात्रामा निस्कनु भएको छ l

हेवेन्ली पाथको दर्शनलाई अगाडी बढाउन उहाँले विभिन्न गुरुज्युहरुको घोषणा गर्नुभएको छ l जस अनुसार वर्तमानमा घोषित र अघोषित १३ जना गुरुज्युहरु हुनुहुन्छ l दर्शनको आवश्यकता अनुसार नेतृत्वकर्मी सायांग, सायांग्मी, सैइंग, हिलर, अभिशेख एन्जल, आदिको चयन र तिनलाई पदीय दायित्व सुम्पनुभयो l यहि क्रममा पवित्र ग्रन्थ निशुई, अमरवाणी, र भजन्माला हरु प्रकाशन गर्नु भयो l निशुईका लयहरु तयार गरि अन्धविश्वासरहित ईयान्सेनको प्रारम्भ गर्नु भयो l वैकल्पिक उपचारकालागि विश्वका २४ हिलिंग पद्दतिहरुलाई पनि एकताबद्ध गराउंदै आमश हिलिंग पद्धत्तिको सुत्रपात गर्नुभयो l आत्मिक जागरण एवम् सदभाव बिकासका लागि हेवेन्ली पाथमा भजन लेखने, गाउने, प्रवचन दिने, सङ्गीत भर्ने आदिको थालनी गर्नु भयो l विभिन्न आरोह-अवरोह बीच पूर्वी नेपालको ढुंगेपाखोमा हेवेन्ली पाथको बेर्ना रोपी उहाँ विश्व यात्रामा निस्कनु भएको हो l विश्वयात्राका क्रममा पनि यात्रीहरुको विश्वास भत्कन नदिन आवश्यकता आनुसार पटक पटक फोन मार्फत स्वर्गीय सन्देश दिदै आउनु भएको छ l