healing

healing

आमश उपचार 

हेवेन्ली पाथले बैकल्पिक उपचार विधीको रूपमा ल्याएको उपचार पद्दति हो - आमश उपचार l आमश, आत्मा, मन, र शरीरको छोटकरी रुप हो l मानिस बिरामी हुँदा आत्मा र मन पनि शरीर संगै बिरामी हुने भएकोले पूर्ण उपचारको लागि भित्रैबाट उपचार हुनु आवश्यक छ भन्ने यस उपचार पद्धतिको मान्यता हो l आमश उपचार विधिको प्रतिपादन सुप्रिम मास्टर गडएन्जलज्युले गर्नुभएको हो l उँहाका अनुसार विश्वमा २४ वटा यस्ता उपचार पढ़तीहरु भएपनि कुनै न कुनै कारणले तिनीहरु अपूर्ण रहेकाले आमश उपचारको थालनी गरिएको हो l यस्तो उपचार पढ़तीको जगतमा यो सुधार र एकताको अर्को सुत्रनै सावित भएको छ l एकताको सूत्र विश्व धार्मिक सुधार र मानव एकताका लागि मात्रै नभएर मानवीय प्रयोगका यस्ता पढ़तीहरुमा पनि सुप्रिम मास्टर गडएन्जलज्युले लागु गर्नुभएको छ l

यस्ता उपचारलाई अंग्रेजीमा हीलिंग भनिन्छ र सामान्य बोलीचालीमा यहि शब्द प्रयोग गरिन्छ l यसैको आधारमा उपचार गर्नेहरुलाई हीलर भनिन्छ l आमश उपचारको सर्तमा हीलरहरुलाई आमश डाक्टर पनि भनिन्छ l आमश उपचारको सात तहहरु छन् l अहिलेसम्म पहिलो तहको मात्र उपचार हुनसकेको छ l यद्ध्हपी यसले विभिन्न प्रकारका अस्पतालमा उपचार गर्न असम्भव ठहरिएका रोगहरुपनि निको भएका छन् l यसका लागि कुनै औषधि खानु पर्दैन l काल्पनिक जस्तो देखिने यस पद्धतिले शरीरमा उर्जा थप्छ र मानसिक रूपमा पनि बिरामी निको हुदै जान्छ l

आमश उपचार तीन खण्ड मा गरिन्छ l उपचारको तयारि, उपचार, र समापन l उपचारको तयारि खण्डमा बिरामीलाई ध्यानआसनमा राखिन्छ l हिलरले आफ्नो र बिरामी दुवैका लागि प्रार्थना गर्दछ l त्यसपछि शरीरका मुख्य केहि अंगहरुमा उपचार गरिसकेपछि मात्रै रोगलागेको भागमा उपचार गरिन्छ l उपचार पनि तीन खण्डमा गरिन्छ l प्रक्षेपण (throwing), फैलाउने (flowing), र प्रहार गर्ने (blowing) हून l प्रक्षेपण गर्दा रोग लागेको भागमा सबै औंलाहरू सोझ्याइन्छन्, रोग लागेको भागमा छोईदैन l हरेक औंलाबाट भिन्नाभिन्नै रंग र शक्तिको प्रक्षेपण गरिन्छ l यो उपचारको थालनी हो l दोश्रो खण्डमा हत्केलाहरू रोग लागेको भाग तर्फ फ़र्काइन्छ र सेकाइन्छ l यस अवस्थामा हत्केलाबाट इन्द्रेणी फैलिएर उपचार भैरहेको हुन्छ l यो क्रम सकिएपछि दुवै हत्केलाहरू सो भागमा राखेर डामिन्छ l यस समयमा अंगको भित्री भागमा शक्ति प्रहार भैरहेको हुन्छ l यस अवस्थामा बिरामीले न्यानो र आनन्द महसुस गर्न सक्छन l

उपचार अगाडी, पछाडी र पुनः अगाडी गरेपछि समापन गरिन्छ l समापनमा पनि प्रार्थना, हत्केलाद्वारा शरीरको अगाडी र पछाडी रोगहरु टिप्ने र फाल्ने गरिन्छ l शरीरबाट विभिन्न किरण वा रंगहरु गैरहेको हुनाले रोक्ने कार्य गरिन्छ l यस क्रम पछि उपचार समाप्त हुन्छ l आमश उपचार २० देखि ३० मिनेटसम्म गरिन्छ l उमेरको आधारले कति शक्ति थाम्नसक्छ त्यसको पनि ख्याल गरेर समय छोटयाउन आवश्यक हुन्छ l स-साना नानीहरुका लागि बिचार पुर्याउन आवश्यक हुन्छ l यसको कुनै नकारात्मक असर भने हुदैन l

यस पद्दति अनुसार आफैले आफैलाई पनि उपचार गर्न सकिन्छ l जनावर बिरामी हुँदा अस्पताल जाँदैनन् तर सर्वोच्च प्राणी मानव भने अरुको शरणमा जानु पर्ने किन ? यसैको उत्तर हो - आमाश उपचार l यस उपचारको लागि ७ दिन प्रशिक्षक सँग र २० दिन घरैमा तालिम लिएर स्वउपचार गर्न सकिन्छ l यसलाई सेल्फ हिलर भनिन्छ l सेल्फ हिलरले आफुलाई बाहेक अरुलाई उपचार गर्न पाउन्दैनन l सेल्फ हिलर भएको ३ महिनापछि १४ दिनको तालिम लिएर सेमिच्योंग भवन (आमश उपचार केन्द्र ) मा ९० दिन उपचार गर्ने अभ्यास गरेपछि मात्रै आमाश हिलर १, घोषणा गरिन्छ l त्यसपछि जहाँ गएर जसलाई उपचार गरे पनि हुन्छ l यस्ता हिलरहरुले परिचयपत्र र प्रमाणपत्र प्राप्त गरेका हुन्छन

अस्पतालको उपचार र औषधिको महँगो आर्थिक भारलाई जसोतसो थाम्ने प्रयास गरे पनि औषधिले पार्ने नकारात्मक असरतर्फ कसैले ध्यान दिन भ्याएकै छैन l भ्याउनेहरुका लागि पनि विकल्प खै त ! चिकित्सकहरुका लागि पनि हरेक दिन फरक र भिन्न रोग देखा परिरहेका छन् l उनीहरुपनि हरेक दिन निरिह जस्तै हुँदै गईरहेका छन् l यस्तो अवस्थामा आमश उपचारको उपस्थिति यी सबैको विकल्प हो l यस उपचार पद्दतिलाई सबैले एकपटक अभ्यास गर्न कुनै खर्चिलो छैन l आमश उपचार आध्यात्मिक र भौतिक विधिलाई समायोजित गरिएको उपचार पद्दति हो l त्यसै कारण यस पद्दतिबाट आत्मा, मन, र शरीरको उपचार हुन्छ l यो विज्ञानसम्मत पनि छ l आउनुहोस् एकपटक अभ्यास गरौँ र जीवन धन्य बनाऔ l स्वास्थ्यमा ब्यापार हैन सेवा हुनुपर्छ l आमश उपचार सेवा हो र सेवा नै धर्म हो l यहि सेवाको कार्यबाट आत्मिक जीवनको लागि मोक्षको बाटो बनाऔ l