Gurupurnima speech III

Gurupurnima speech III

मलाई एक्लो नबनाउनुस्

 

नरिसाइदेऊ यात्री तिमी न रुखो होस् न खरो होस्
नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर

 

संसारमा एकलै म बटुवा झैँ यात्रा गथेँ
रुँदै हराउँदै तिमीलाई नै खोज्दै हिँड्थेँ
पाएँ आज प्यारा नानी आशा गए बढेर
नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर

 

म बाँचुन्जेलसम्म दर्शन बुझिराख
एकदिन हुँदिनँ म, आजै सिकि राख
चिहान मेरो बोल्ने छैन राख्नु यो कुरा बुझेर
नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर

 

सेवामा आफैलाई समर्पित गरि देऊ
सबको माझ सानो बनी सबको प्रिय भइ देऊ
खुसी भई सँधै बाँच्नु, साहस अझ गरेर
नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर

 

गुरु केवल तिमै्र हो हिँडाउने ताते गर्दै
नदुखाऊ नानी चित्त, नमार आशा रुँदै
तिम्रो दुःखमा गुरु सँधै रहन्छ साथमा छुपेर
नछाड मलाई ढुकढुकीमा एक्लो फेरि बनाएर ।

 

सेवाङमी, जय प्रेम
गड्यान्जल 

https://scontent-2.2914.fna.fbcdn.net/hphotos-xpa1/v/t1.0-9/p403x403/107...