- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
Gurupurnima speech II
Gurupurnima speech II
मैले जानेको गुरुधर्म परम्परागत गुरुधर्म भन्दा अलि भिन्न छ । मैले जुन गुरुधर्म सिकेँ त्यसले मलाई भव्य आसनमा बसेर सम्मान थाप्दै अर्ती उपदेश दिन मात्र सिकाएन बरु आम मानवजन सँगसँगै रहेर कार्य गर्दै आप्mनो कर्तव्य पालना गर्न सिकायो । मेरो बुझाइमा गुरु पथप्रदर्शक मात्र होइन, सहयात्री साथी पनि हो । गुरु–आसन भनेको बस्ने कुनै स्थुल आसन होइन बरु यो कर्मको आसन हो, जिम्मेवारीको आसन हो । अनि यो जिम्मेवारी सेवाको लागि हो सम्मानका लागि होइन । सम्मान त सेवाबाट प्राप्त हुने इनाम हो । सम्मान, लिनेको अधिकार होइन दिनेको कर्तव्य हो । त्यसैले सेवा वापत सम्मानको आशा गर्नु व्यर्थ छ । एकजना जिम्मेवार गुरुले पाउने सबैभन्दा ठूलो सम्मान उसले दिएको ज्ञानले कसैको जीवन पहिले भन्दा सुन्दर बन्नु हो । अर्थात् गुरुले दिएको शिक्षा, ज्ञानले मानव चेतना फुल्न सक्नु हो । त्यसैले, मलाई साँच्चिकै सम्मान गर्न चाहनुहुन्छ भने हजुरहरु सबैले त्यस्तो गुरु बन्ने प्रयत्न गर्नुहोस् जुन मैले बुझेको छु, चिनेको छु । मेरो लागि त्यही नै सबैभन्दा उच्च कोटिको सम्मान हुनेछ ।
मैले जे बुझेको थिएँ, जे जानेको थिएँ त्यसैलाई हजुरहरु समक्ष राखेँ, हजुरहरुले त्यसलाई ज्ञानको रुपमा ग्रहण गर्दै मलाई गुरुको सम्मान दिनुभयो । अत्यन्तै कृतज्ञ छु म यहाँहरुप्रति । यहाँहरुले मेरो वचनलाई शिरोपर गर्दै प्रेमको महान् यात्रामा पाइला राख्नुभएको छ, जुन अत्यन्तै सह्रानीय छ । यो यात्रा कठिन छ तर अपरिहार्य छ । युगौँदेखि मान्छेले भुलेको यही बाटो देखाउन म आएको हुँ । यस यात्रामा हामी कसरी हिँड्छौँ त्यसले हाम्रो यात्राको गहनता निर्धारित गर्दछ । संसारमा यही मात्र यस्तो बाटो हो जसले हामीलाई सीधा गन्तव्यमा पु¥याउँछ । हामी गन्तव्यमा पुग्न सकेनौँ भने त्यतिबेला बुभ्mनुहोस्, हामीले राम्ररी हिँड्न जानेनछौँ । ढिलोचाँडो संसारका सबै यही बाटोमा आउनेछन् जो सत्यलाई चिन्न समर्थ छन् ।
हरेकको जीवनको औचित्य हुन्छ । औचित्यविना जीवनको अस्तित्व नै हुँदैन । जसले आप्mनो जीवनको औचित्य बुभ्mदछ उसले आप्mनो जिम्मेवारी पनि बुभ्mदछ अनि जसले आप्mनो जिम्मेवारी बुभ्mदछ ऊ व्यक्तिमा सीमित रहँदैन । उसको चेतना सार्वभौम हुन थाल्दछ । जगत् र जीवनप्रतिको उसको दृष्टिकोण व्यक्तिबाट उठेर ब्रह्मसम्म पुग्दछ अनि त्यही ब्रह्मचेतले उसलाई साँचो प्रेमको दर्शन गराउँदछ । त्यसपछि उसका कर्म र वचनहरु मुक्तिदायक हुन थाल्दछन् । ऊ अब व्यक्तिमा सीमित रहँदैन, रहन सक्दैन । ऊ संसारकै लागि जिउन थाल्दछ किनकि ऊ शाश्वत प्रेममा जिइरहेको हुन्छ । अनि त्यहीँ जन्मन्छ एकजना असल गुरु । तसर्थ हजुरहरु पनि आप्mनो जीवनको औचित्य खोज्न थाल्नुहोस् । हजुरहरु सबै असल गुरु बन्न सफल हुनुभएको दिन सायद म पनि सफल हुँला ।
मुक्ति कर्म हो, आशिष् होइन । बन्धन आप्mनै सृजना हो श्राप होइन । आपूmलाई नचिनी संसार चिन्नु सम्भव छैन । आपूmलाई नचिनी दुःख चिन्न सक्ने कुरै भएन । दुःख नचिनी मुक्तिको द्वार चिन्ने सम्भावना नै रहँदैन । त्यसैले सर्वप्रथम आपूmले आपैmलाई चिन्ने प्रयास गर्नुहोस् । म को
हुँ ? म कहाँबाट आएँ ? म कहाँ जाँदैछु ? यी तिन मूलभूत प्रश्नको सही जवाफ हासिल गरेपछि मात्रै मुक्तिमार्गको द्वार खुल्दछ । यस अर्थमा म हजुरहरुलाई आपूmसँगै परिचय गराउन पनि आएको हुँ । आपूmलाई गहिराइबाट हेर्नुहोस् र चिन्नुहोस् ।
कीट–पतङ्गहरु पनि जिउँछन्, पशुपंक्षी र वनस्पतिहरु पनि जिउँछन् तर फगत जिउँछन् मात्रै । मान्छेको जियाइ अलि भिन्न हो । उसको विराट चेतनाले उसलाई आम अस्तित्वभन्दा भिन्न तुल्याएको छ र उसले भिन्न हुने प्रयास गनुपर्छ । प्रकृति प्रेममय छ र त्यसलाई प्रेममय बनाउने प्रयत्न गर्नु र गरिरहनु उसको कर्तव्य हो । म मान्छेलाई उसको यही कर्तव्य सम्झाउन आएको हुँ ।
यदि हजुरहरुको हृदयमा म गुरुको रुपमा सम्मानित छु भने बुभ्mनुहोस्, हामी सबैको जिम्मेवारी बढेको छ किनकि गुरु–शिष्य बीचको सम्बन्ध सोद्देश्य, अर्थपूण र दायित्वले भरिएको हुन्छ । यो सम्बन्ध औपचारिक साइनो जस्तो मात्र हुँदै होइन । जसले गुरु–शिष्यको सम्बन्धलाई केवल औपचारिक रुपमा बुझेको हुन्छ त्यहाँ या गुरुले दिने शिक्षामा या त शिष्यको बुझाइमा त्रुटि छ भनेर बुभ्mनु पर्दछ । मलाई लाग्छ, हामीमा त्यस्तो भ्रम छैन । हामी सबैले यस गहन सम्बन्धको गहिराइ बुझेका छौँ त्यसैले त हामी हेभेन्ली÷निर्भाणा पाथको यात्रामा छौँ ।
क्रमश:
http://hplovism.com/gurupurnima-speech-iii