Gurupurnima speech I

Gurupurnima speech I

10 Novemeber 2014

FULL VERSION:

 

प्रिय यात्रीगण,

यस धर्तीमा म आप्mनै निम्ति मात्र आएको होइन भन्ने कुरा त्यतिबेला मात्र थाहा पाएँ जतिबेला मलाई मृत्युबोध भयो । मैले आप्mनो आगमनको कारण, अर्थ र महत्वहरु बुझेँ । म जुन परिवार, समाज, परिवेश, भूगोल र कालखण्डमा जन्मेँ ती सबैसँग मेरो आगमनका औचित्यहरु जोडिएका थिए । मेरा कर्तव्य र जिम्मेवारीहरु जोडिएका थिए । आप्mना रहर र इच्छाहरुसँग रमाउन, आप्mना सपनाहरुसँग खेल्न, निजी उद्देश्यहरुका निम्ति दौडधुप गर्न आएको होइन रहेछु म । मेरो चेतनाले मलाई यस्तै भनिरहेको थियो ।

 

मेरो चेतनाको दिव्य द्वार खुल्दा मैले यो संसारलाई अँध्यारोले निल्न लागेको देखेँ । सर्वत्र पीडाको चिच्याहट, हाहाकार र क्रन्दन मात्र सुनेँ । ओहो ! कति निस्सासिने यो संसार ! कति कष्टदायक ! कति अत्यासलाग्दो ! शान्तिको खोजी गर्दै मन्दिर गएँ तर मन्दिरमा झुण्ड्याइएको घण्टबाट रगत चुहिरहेको देखेँ । मस्जिदमा पो शान्ति मिल्छ कि भनेर मस्जिद जाँदा त्यहाँ पनि भित्ताबाट रगत चुहिरहेको पाएँ । गुम्बा र चर्चमा पनि मैले त्यस्तै अत्यासलाग्दो दृश्य देखेँ । यसरी जहाँ गए पनि शान्ति नभेटेपछि म छट्पटिएँ, तड्पिएँ र यस संसारबाट भाग्न चाहेँ । तर मैले भाग्ने अवसर पाइनँ । परम ईश्वरले मलाई सूक्ष्म रहस्यबोध गराउनु भएपछि थाहा भयो– संसारका यी बेथितिहरु, दुःख–कष्टहरु, क्रन्दन र चित्कारहरु नै पो रहेछन् मेरो जिम्मेवारी । तिनै बेथितिहरु, विसंगतिहरु पो रहेछन् मैले तय गर्नु पर्ने बाटो । संसारलाई गाँज्न लम्किएको त्यही अँध्यारोलाई पराजित गर्नु नै पो रहेछ मेरो जीवनको औचित्य । आप्mना यिनै जिम्मेवारी पूरा गर्ने क्रममा म हजुरहरुको नजिक आएको हुँ ।

 

मेरो अनुभवले भन्दैछ, सबैभन्दा कठिनतम काम हुरीमा दियो जलाउनु हो । बाल्दै गयो, निभ्दै जान्छ । एउटा बलिनसक्दै अर्को निभिसक्छ । एउटै दियोलाई मात्र हत्केलाले छेकेर बस्दा अरु दियो बाल्न अबेर भइदिन्छ । तर हार खाएको छैन मैले । सबै दियो बाल्नै पर्छ र अवश्य बल्नेछ एकदिन । मलाई थाहा छ, गुरुको जिम्मेवारी सरल हुँदैन । सबै दियो बाल्नु छ भने मैले दियो सल्काउने हातहरु खोज्नुपर्छ अनि सँगसँगै सल्केको दियो निभ्न नदिन हावाहुरी छेक्ने, तेल थप्दै सलेदो उकास्ने हत्केलाहरु पनि खोज्नै पर्छ । मैले धेरै हातहरु पाएको पनि छु, ती मध्ये केहीले मलाई दियो सल्काउन सघाइरहेका छन् र केहीले दियोलाई हावाहुरीबाट बचाइरहेका छन्, कसैले तेल थपिरहेका छन् अनि कसैले चाहिँ सलेदो उकासिरहेका छन् । ती प्रिय हातहरु हजुरहरुका हात हुन् प्रियगण ! जसले मलाई आप्mनो जिम्मेवारी पूरा गर्न सघाइरहेछन् । धन्य छन् ती हातहरु ! जसले मलाई मेरो जिम्मेवारी पूरा गर्न सघाइरहेछन् । मेरो प्रार्थना छ, कहिल्यै नथाकून् ती हातहरु ।

 

म हजुरहरुलाई चेला बनाउन होइन, गुरु बनाउन आएँ । यो कुरा मैले पहिल्यैदेखि भन्दै आएको हुँ र भनिरहेको छु । मलाई लाग्छ, म सो अनुसार काम गर्दै पनि छु । यहाँहरु गुरु बन्न सक्नुभयो अथवा सक्नुभएको छैन त्यो यहाँहरुलाई राम्ररी थाहा छ तर मैले आप्mनो कर्तव्य पूरा गरिरहेको छु जस्तो लाग्छ । वास्तवमा हेभेन्ली÷निर्भाणा पाथको यो महान् यात्रा अरुलाई पछ्याएर पूरा हुनै सक्दैन । पछ्याउनु भनेको आप्mनो चेतनालाई निष्क्रिय राख्नु हो तर यस यात्रामा चेतनालाई सदा सक्रिय र सृजनात्मक राख्नुपर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिन्छ । मैले बाटो देखा