First Chapter

First Chapter

मास्टर अनि हेभेन्ली पाथ कसरि चिने ? मेरो सानो कथा श्रवन गरिदिनु हुन निबेदन गर्दछु !
--
केहि वर्ष अघि म सानो छँदाका दिनहरुमा म आफन्तहरुबात साह्रै पिडित थिँए । म एउटा सामान्य परिवारमा जन्मिएको थिँए जहाँ परिवार चलाउन अति कठिन थियो । मेरा सोजा आमा–बाबाको भावना अति असल थियो तर विडम्बना हामीलाई आफन्तहरुले शारिरीक, मानसिक अनि सामाजिक यातना दिईरहन्थे । उनीहरु माधक पदार्थ सेवन गरेर एक–अर्कासँग झगडा गर्थे, हामी भने दुःखले बनाएको बाँसको घरमा हुन्थ्यौँ तर फेरि हामीलाई यातना दिन घरै भत्काएर पस्थे । आखिर हाम्रो दोष के नै पो थियो र? वहाहरुले म अबला बालकको आँशुमात्रै हैन रगतको धार सम्म निकाले ।

यस्तै यातना अनि चिन्ताले गर्दा मलाई त्यो अशान्तिमा बस्नभन्दा मर्नुनै जाति लाग्यो अनि म मर्न भनि घरबाट निस्कीए, तर हारेर बाच्नु महानता हुन्छ भन्ने लाग्यो । दैवले मलाई बचाउनु भयो ।

मलाई सानैदेखि शान्ति मनपथ्र्यो अनि असक्त व्यक्तिहरुको लागि सोच्थे तर खै कस्ले प्रेरणा र बाटो देखाउनु, सबै खुट्टै तान्नुमा तल्लीन थिए । म एक असल मार्ग निर्देशनको खोजीमा थिए । स्कुलमा शिक्षकहरुको नजरमा असल विद्यार्थी भएकाले शिक्षकहरुले मलाई एउटा नाटकको तालिममा पठाउनु भयो । त्यहिबेला भाग्यवश मैले प्रेमवाद (हेभेन्ली पाथ) को दर्शन धेर–थोर सुन्ने अवसर पाएँ ।

म दौडेर हेभेन्ली पाथको कार्यलयमा पुगे अनि म पनि केहि असल काम गर्न पाँउ तपाईहरुसँग भन्दै खुशीका साथ ठूलो श्वास फेरे । त्यसबेला गुरुहजुरलाई एकचोटि पनि बाहिरी आँखाले नदेखेपनि भित्री आँखाले महसुन गरेको थिएँ । अनि विस्तारै समयको वहावसँगै म पनि हेभेन्ली पाथसँगै मेरो परिवार, समाज गर्दै विश्वको निम्ती अघि बढ्न थाँले ।

जीवनमा पहिलोपल्ट मलाई यस मार्गले मेरो जिवन सार्थक पार्दै यो समाजमा मात्र होइन विश्वमानै केहि बनेर मजस्तै मान्छेहरुको भलाई गर्न सक्छु भन्ने एउटा साहस र उमंग छायो ।

आज म धेरै खुशी छु किनकी महा–महिम शान्तिका दुत गुरुहजुरजस्तो असल मार्गनिर्देशकलाई मैले यस संसारमा पाउन सकेकी छु र वहाँसँगै जिवनको लक्ष्य पनि प्राप्त गरेकी छु । लक्ष्यविहिन निरर्थक जिवनबाट सार्थक जिवन जिउन पाइरहेकी छु, म साँच्चै आफुलाई भाग्यमानी ठान्दछु । आज गुरुहजुरको छत्र–छाँयामा ७ वर्ष वितिसकेको छ अनि प्रेमवादको मालाले हजारौँ यात्रीहरुसँग एउटै परिवारको साईनोमा बाँधीएकी छु । आज मलाई पिडादायीक याथना दिनु हुने मेरा आफन्तहरु पछुताउनु हुन्छ ! "छोरी हजुरले त कति राम्रो गर्नु भएको रहेछ, हामीले भुल गर्यो छमा गर्नुहोस भन्नुहुन्छ !" अनि आँशुको धारमा बहदै मेरो प्यारो गुरुहजुरलाई धन्याबाद दिन्छु वहाहरु पनि यति सुध्रिनु भएकोमा !

अनि म वहाँहरुलाई धेरै धेरै धन्यवाद दिन्छु कारण वहाँहरुको यातनालेनै मलाई प्रेम र शान्ति अझ महत्वपूर्ण र सार्थक लाग्न थालेको हो । "जे हुनु छ भएरै छाड्छ अनि जे हुन्छ राम्रै हुन्छ," गुरुहजुर भनिसिनु हुन्छ । मैले हिम्मत हारिन अनि आज गुरुहजुरसँग भेट्न पाएँ । हिम्मत हारेको भए कहाँ यती विश्वव्यापी हेभेन्ली पाथको प्रेमवादी दर्शन बुझ्न पाँउथे र???

गुरुहजुरको आशिषले गर्दा आज म को हुँ? कहाँ बाट आएको हुँ? अनि म कहाँ जाँदैछु? यी प्रश्नहरुको उत्तर पाएकी छु र आफैँलाई चिन्न पनि सकेकी छु । तसर्थ गुरुहजुरको पाउमा सदैव नमन गर्दै धन्यवादको कोसेली अपर्ण गर्द चाहन्छु । म गुरुहजुरको अमरवाणीलाई हृदयालम्बन गर्दै एक असल छोरी बन्न चाहन्छु । जस्तै वाधा अड्चनलाई पनि पार गर्नेछु किनकी प्यारो मेरो गुरुहजुर सधैँ मेरो साथमै हुनुहुन्छ । मेरो लागि गाईडर भनेपनि, साहरा भनेपनि, आशाको स्रोत भने पनि अन्धकारको द्विप भनेपनि सबै मेरा गुरुहजुर नै हुनुहुन्छ ।

यस्तो पवित्र स्वर्गको अंशको छाहरीमा हामी स्वर्गयात्रीहरुको एकता कहिल्यै टुट्ने छैन । हामी सबै विश्व, ब्रह्माण्डको भलाईका निम्ती अघि बडिरहने छौँ । Thank you for giving a new and great life to us. साच्चैँनै गुरुहजुरको अपरम्पार माया अनि आशिष सधैँ रहिरहने छ ।
----
अन्त्यमा म सबै धर्मसम्प्रदाय, इसाई, हिन्दु, इस्लाम, किराँत, बुद्धिष्ट अनि सबैलाई हामी सबैको साझा थलो, हाम्रो संसारलाई बचाउन अनि सुन्दर बनाउन हातेमालो गर्रौँ भन्ने निवेदन गर्न चाहन्छु । हामीले तेरो धर्म ठूलो कि मेरो धर्म ठूलो भन्ने विचार त्याग्नु पर्छ । यो पृथ्वीलाई केवल एक धर्मले मात्र निकास दिन सक्छ र?? अवश्य सक्दैन किनकी सबैको आफ्नै मौलिकता हुन्छ, आफ्नै विश्वास हुन्छ । त्यसैले धर्महरु एकै सुत्रमा, शान्तिको सुत्रमा आउनु जरुरी छ ।

पहिले सबै धर्मले आफूमा भएको दोष आफै हटाउनु पर्छ, अन्धविश्वास छ भने त्यसलाई निर्मुल पार्नुपर्छ अनि परमगुरुहजुरको सन्देश झैँ "घमण्डको लौरो छोडेर एकताको डोरी समाउनु पर्छ" ! हेभेन्ली पाथ अनि प्रेमवादको मर्म पनि त यहि नै हो, कि सबै धर्महरु, सबै जात–जाती, भाषा अनि सँस्कृति, समाज अनि राष्ट्र मिलेर प्रेमको बाटोमा हिड्नु पर्छ जसबाट शाश्वत शान्ति सम्भव हुन्छ ।

आज आफ्नो जिवनको कथा राख्न पाएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु । ईश्वरको आशिवार्द हामी सबैमा वर्षिरहोस, गुरुहजुरको ज्ञान हामीमा संधै वर्षिरहोस । हे कल्याणकारी, स्वर्ग, प्रेम र शान्तिको मार्गदर्शक, हे हाम्रो प्यारो गुरुहजुर : You are my father, you are my god, you are my guider, you are my everything. जय प्रभु, जय गुरु, जय प्रेम, सेवाङ्मी!!

(...continued on "Second Chapter")