- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
6 December 2014
6 December 2014
गड्यान्जल बाणी
6/12/14
प्रिय आमा बाबा अनी प्रिय नानुहरु सबै प्रती धेरै माया आशिर्वादको साथमा "यात्राी दु:ख हरण पूजा" 2015 को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यही बिषयमा अाज को गड्यान्जल बाणी सुरु गर्न चाहन्छु ।
"January 1st" को दिन बिहान सबेरै देखी पूजा हुनेछ र म हजुरहरु सबैको लागि प्रार्थना बिन्ती ईश्वर कहाँँ चढाउनेछु । यात्राी दु:ख हरण पूजा यात्राी हरुको लागि एउटा गर्बको दिन हो । यो दिनमा सात दिन अगाडि देखिनै तपस्या ब्रत गर्दै हजुरहरु सवको लागि प्रार्थना गर्दै रहेको हुनेछु। "यात्राी दु:ख हरण" पूजाको दिन पश्चात पनि सात दिन सम्म तपस्या ध्यान ,पूजा,प्रार्थना ,ब्रत हजुर हरुको लागि गरी रहनेछु । मेरो साथमा गुरुजनहरु हुनु हुनेछ,शइङहरु हुनेछन र लाखौं यात्राीहरु हुनेछन। जसले एउटै स्वरमा हामी प्रार्थना गर्नेछौ ।
हजुरहरुले छुनु भएको फुल वा पठाउनु भएको फुल म पूजामा चढाउनेछु ।
नयाँ वर्ष खुशी र आनन्दले वित्न सकोस , दु:ख कष्ट , ग्रहको बादलहरु हट्न सकोस ,पूजाको ठुलो उद्देश्य यहीनै रहनेछ । म चाहन्छु जती सक्दो पूजामा पाल्नु हवस । यदी पाल्नु सक्नु भएन भने जहाँँ जता हुनु हुन्छ त्यहाँ यो सम्झिस्योस कि हजुर मेरो हृदय मा सजिसिनु हुनेछ ।
पूजामा हजुरहरु प्रतेकको नाम उच्चारण हुनेछ। भगवान परमप्रधान परमेश्वरले आशिष दिनु हुनेछ ।हजुर पूजामा पाल्नु भएको छ भने हजुरले (Sanctified water and flowers ) लिएर जानु हुनेछ । त्यो फुल बिशेष गरी मेरो हातबाट रोपिएको हुनेछ । फुल र पवित्र जलले आफु अनी परिवारलाई पवित्र पारीसियोस ।
यात्राी दु:ख हरण अर्थात "January 1st" को दिन कमसेकम १ बजे सम्म केही नखाई व्रत बसिस्योस र व्रतको समयमा हजुरले आशिष प्राप्त गर्नु हुनेछ, पूजामा पनि प्रार्थना अनी आशिष भइनै रहनेछ। प्रार्थना र आशिष हजुरहरु कहाँँ आध्यात्मिक तरङगले पुग्न सकोस यसर्थ १ बजे सम्म सम्भवत मौनमा रहेर आफुलाई पवित्र बनाएर,गम्भिर भएर प्रार्थना र आशिष प्राप्त गर्नुहोस् भनी निबेदन गर्दछु .
यो दिनमा बितेको एक बर्ष सम्ममा आफ्नो परिवारहरु यो संसार बाट बिदा हुनु भएको छ भने वहाँँको चिर शान्तिको लागि प्रार्थना गर्ने दिन पनि हो ।
अन्त्यमा सबको कल्याण होस्,मंगलहोस् र "Janaury 1st" पूजाको लागि सारालाई यो मेसेज दिनु होला र साराको नाम उच्चारणहोस् । यही निबेदनको साथमा अर्को हप्ता सम्मको लागि विदा चाहन्छु ।
सेवाङ्मी
जय प्रेम
गड्यान्जल