- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
29/30 November 2014 I
29/30 November 2014 I
गड्यान्जल बाणी
29, 30 November 2014
प्रिय आमा बाबा अनि प्रिय प्रिय नानुहरु, हजुरहरु सबै प्रति धेरै माया र आसिर्बाद पठाउदै सबैको लागि प्रार्थना गर्नेछु !
आजको गड्यान्जल बाणीमा गढीमाइको सवालमा चर्चा गर्ने अनुमति चाहन्छु :
***
यो समय कालमा म अत्यान्त दुखित छु !
धर्मले के मार्न सिकाउछ र ???
गढीमाइमा आज र भोलिको दिन ५ लाख भन्दा ज्यादा निर्दोष प्राणीहरुको हत्या हुदैछ !
आफ्नो पाप कटनी होस् भनिकन यस्तो महापाप किन गरिन्दैछ सभ्य भनिएका मान्छेहरुबाट ? एक बार सबैले हातलाइ छातीमा राखेर सोच्नै पर्छ !
गढीमाइमा बलि गर्ने हरेक कोहि लाइ म यो निबेदन गर्छु कि यदि रगतले नै हजुरको पाप क्षमा हुने हो भने, अनि निर्दोष प्राणि मारिंदा साच्चैनै हजुरलाई भलाइ हुने हो भने म पनि हजुरको लागि बलि हुन तयार छु ! यो सहि हो कि, हजुरहरुको विचार अनुसार, जति ठुलो वा महत्वको प्राणि बलिको रुपमा चढाउँन सकियो तेती नै राम्रो हुन्छ ! यदि तेसो हो भने सायद म पनि केहि त महत्व कै छु होला !
के हजुर आफ्नै छोरा-छोरीको रगत पिउन तयार हुनुहुन्छ ? यदि पिउनु हुन्न भने इस्वारले पनि आफ्नो सृस्टी सन्तान, निर्दोष प्राणीहरुको रगत पिउनु हुने छैन !
अर्को कुरा यो पनि याद गरिसियोस कि -- यदि हजुरको छोरा-छोरीलाई कहिँ लगेर मारेको छ भने हजुर खुसि हुन सक्नु हुन्छ ? हजुरको आमा-बाबालाई हजुरबाट जबर्जस्ति छुट्टाएर मार्यौ भने खुसि हुनुहुन्छ ? यदि हुनुहुने छैन भने -- किन निर्दोष प्राणीहरुलाई आफ्नो प्यारो आमा-बाबा बाट छुट्टाएर यसरि मार्नु हुदैछ ? कि उनीहरुको पनि आमा बाबा हुन्न र ?? के उनीहरुको पनि छोरा-छोरी हुन्न र ? के उनीहरुलाई नि पिडा हुन्न र ?अफ कोर्स हुन्छ ! यसर्थ नै यसरि निर्दोष प्राणीको ज्यान नलिउ ! कृपा गरेर ज्यान नलिउ !
गढ़िमाइको बिसयमा !
गढ़िमाइ एउटा चरम अन्धबिस्वास हो !
गढ़िमाइ - भगवानको सिम्बोल नभएर राक्षसी स्वभाब भएको हामी मान्छेहरुको मानसिकता हो र धार्मिक इन्सटीचुइसनहरुको अधर्मपनको चरुख हो ! धर्मको नाममा धर्म संस्थाहरुले पनि ठाउँ ठाउँमा अत्यन्तै नराम्रो कुराहरु सिकाइ पठाएका छन् !
जुन सुकै संस्कार वा धर्म होस् जसमा बलिको प्रथा छ त्यो राक्षसी प्रथा हो तर धार्मिक हुदै हैन !
कसैले यो बाणी पढ्दा सायद लाग्दो हो कि गुरुहजुर सबैको संक्स्कार बचाउनु पर्छ भन्नु हुन्छ तर आज त संस्कारकै बिरुद्ध बाणी गर्नु भयो !
क्रमश:
http://hplovism.com/2930-november-2014-ii