- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
15/16 November 2014
15/16 November 2014
प्रिय आमा बाबा अनि प्रिय प्रिय नानुहरु, हजुरहरु सबै प्रति धेरै माया र आसिर्बाद पठाउदै सबैको लागि प्रथरना गर्नेछु !
आजको गड़यान्जल बाणीमा कुरा नबुझी कन अर्थात् अन्डरस्ट्यान्ड नगरी कनै कुनै पनि एक्शन लिंदा के हुन्सक्छ भन्ने
बिषयमा एक Wisdome सिकौ, अनुमति चाहन्छु !
***
एकदिन यस्तो भयो :
एकदिन श्रीमान कामबाट निकै ढीलो घर फर्किनु भयो ! घरमा भने केवल श्रीमती मात्रै थियो !
श्रीमान छिट्टै घर फर्किने गर्नु हुन्थ्यो तर आज भने निकै लामो समय सम्म काम गर्नु पर्ने भएकोले गर्दा ढिलो भएको छ !
घरमा आइपुग्दा रात परिसकेको थियो !
आउने बितिकै ढोका बिस्तारै खोल्नु हुन्छ ताकी आफ्नो श्रीमतीलाई डिस्टर्ब नहोस !
तर श्रीमान, आज आफ्नो बेडमा पुग्दा नपुग्दै नराम्ररी झस्किनु हुन्छ, कारण त्यहा चार वटा खुट्टा देख्नु हुन्छ !
यसपछी रिसले केहि नसोचीकनै ठुलो लट्ठी लिएर टाउकोमा हान्न थाल्छ ! नकुट्नु नकुट्नु भन्ने अवाज आइरहेको थियो तर उनि रोकिन चाहदैनन् ! यसरि रगताम्या भएपछि, बल्ल मर्यौ भन्ने लागेर बाहिर निस्किन्छ !
मेरो श्रीमतिले मलाई यसरि धोका दियो भन्दै रुन थाल्छ ! आफुले अत्यन्त माया गरेको अनि श्रीमतीको पनि चोखो माया भएको -- कसरि मेरो यति राम्रो श्रीमतीले मलाई यसरि धोका दिएको भनि सोच्दै गर्छ तर केहि भन्न सक्दैन ! तेतिकैमा एउटा आवाज आउछ,
"आज किन ढिलो हुनु भएको ? कति मैले फोन गरे तर उठाउनु नि भएन ! सायद हजुरको मोबाईलमा चार्ज सिद्धियो होला ! आज मेरो मम्मी बाबा आउनु भएको छ नि ! ३ वर्ष पछि बल्ल आउनु भएको ! बिचाराहरु थकाइ लागेर सुत्नुभएको छ ! ज्वाई खोई भन्दै सोधेको सोधेकै थियो अनि मैले भोलि भेट्नु भनेर सुताए !" यो आवाज कसैको नभएर आफ्नै श्रीमती को थियो ! बल्ल यति खेर मात्रै थाहा पाउछ कि श्रीमानले कसलाई रगताम्य बनाएको छ भनेर !
यो कथाको मुख्य नैतिक शिक्षा यो हो :
१. मिसअन्डरस्टयान्डिङ अर्थात् बुझाबुझ नहुदा वा नबुझिकन कुनै पनि कार्य गर्दा कति क्षेती हुन सक्छ !
आजको कोटेशन :
मिसअन्डरस्टयान्डिङले साथि साथिमै पनि फाटो ल्याउदछ, अनम्रताले मान्छेलाई अहम बनाउदछ,
रीसले आफुलाई अभद्र बनाइ शत्रु कमाईदिदछ, अरुको माझ सहनशीलताले आफुलाई मित्र बनाउदछ ! HHMG
***
अर्को हप्ता सम्मको लागि बिदा चाहन्छु
सेवाङ्मी, जय प्रेम
गड़यान्जल