11 November 2014

11 November 2014

हे प्रेमका धनी आमाबाबा अनि प्रिय युवानानुहरु ! केवल अन्ध्यारो रातमा अनि आफ़्नु घरमा मात्र उज्यालो नपार्नु, घृणाको कालो रात्रीमा प्रेमको दियो बल्दै संसारै पनि झिलिमिली बनाउनु । आजको गड्यान्जल वाणी घृणामाथिको प्रेमको जितप्रती समर्पित, प्रेमवाद प्रती कृतज्ञ ! सेवाङ्मी !!

 

सिक्दैन मान्छे जुरुक्क उठ्न, कुदेर नलडे
सिक्दैन मान्छे तुफान कुद्न, उकाली नबडे
सिक्दैन मान्छे उकाली चाड्न, उकालै नचडे
सिक्दैन मान्छे उकाली चाड्न, उकाली नबुझे ।

 

फल्दैन ज्ञानको फल, शिक्षाको रुखमा परिश्रमको सिँचाई नभए
उठ्दैन शिक्षाको रुख, दु:खमा सिक्दै अगाडी नगए
सिक्दैन दु:खमा बड्न अगाडि, आफुमा बिश्वासै नभए
हुँदैन बिश्वास आफैमा पनि, परिश्रम नभए ।।

 

फल्दैन शान्तिको फल, सेवाको रुखले प्रेमको सिचाई नपाए
हुर्कदैन सेवाको रुख, मानवतामा निस्वर्थताको कार्बोन नपाए
पाईदैन निस्वर्थताको कार्बोन, ज्ञानको बगैँचामा आध्यत्मताको बिरुवा नभए
हुर्कदैन आध्यत्मताको बिरुवा, निरन्तर प्रेमको सिचाई नभए ।।।

 

सेवाङ्मी ! जय प्रेम !! 

 

https://scontent-2.2914.fna.fbcdn.net/hphotos-xfp1/v/t1.0-9/p403x403/10308556_745134162208840_5176521539801392717_n.jpg?oh=ad8ed47cdf94563ed565998e96084bd1&oe=54DA64A9