11 April 2015

11 April 2015

Godangel Baani
April 11, 2015

 

प्रिय आमा बाबा अनि प्रिय नानुहरु
आजको गड्यान्जल बाणीमा सवैको लागि मँगलको कामनका साथ एउटा सानो भजन हजुरहरुको माझ राख्दैछु अनुमति रहोस् ।

 

लडीगयो थम्वा उडिगयो हँस
सन्सारलाई छाडेर

 

माटोको शरिर माटो मै मिल्छ
पानीको शरीर पानी मै विल्छ
हावाको हावा मै हावाको हावा मै

 

माया र मोह जालोले छेक्दैन
बलिन्द्र आँशु धाराले नि रोक्दैन
छोडेर गयो नै
परीवार आफन्त भिडले छेक्दैन
सम्मान र धनले पनि है रोेक्दैन
छोडेर गयो नै ।

 

फुलेको फुल ओइलेरै झर्छ
लाएको लुगा एकदिन फाट्छ
शरिर त ढल्छ नै
जहाँ बाट आयौँ त्याँहिफर्कि नुछ
हरेकले पिँजडा तोडेरै जानुछ
अघि र पछि मात्रै ।

 

जानेको आत्मा कति रुँदो हो
बाटोमा जाँदा फर्केर हेर्दो हो
आफुलाई सम्हालौ
जानेलाई रुवेर दुःखित झन नबनाउ
स्वार्गमा भेट्ने बाचा है गरिलिउ
जानेको
जय जय होस्
जय जय जय होस् ।

 

प्रिय आमा बाबा अनि प्रिय नानुहरु जार्थाङ सिक्किम (On April 25, 2015) मा हुन गइरहेको पूजा तथा प्रवचनकार्यक्रममा हजुरलाई भेट्ने सदिक्षाका साथ आजको गड्यान्जल बाणीबाट विदा चाहन्छु ।
सेवाङमी जय प्रेम

 

https://www.facebook.com/video.php?v=819919848063604&theater