हेभेन्ली पाथ मोक्षको सही मार्ग

हेभेन्ली पाथ मोक्षको सही मार्ग

गुरु हजुर, किन हेभेन्ली पाथ मात्रै मोक्षको बाटो हो ?

 – मोक्ष सामान्यतया रहस्यमयी अदृष्य विश्वको अधीनमा भर पर्छ र यसलाई कुनै प्रकारको कथा बनाएर मात्र सजिलो गरी व्याख्या गर्न सकिन्छ । यद्यपि त्यहाँ सोझो र बलियो प्रमाण भने हुन सक्दैन । विश्वमा ईश्वर, नर्क, स्वर्ग, धर्मग्रन्थ आदिबारे थुप्रै असामान धारणाहरू छन । उदाहरणको लागि हिन्दू र बौद्ध धर्ममा अवतारवादमा विश्वास गरिन्छ भने इसाई र इस्लाम धर्ममा गरिँदैनन् । हिन्दू र बौद्ध धर्मावलम्बीहरू बहुईश्वरवादमा विश्वास गर्छन् भने इसाई र इस्लाम धर्मावलम्बीहरू एकेश्वरवादमा । हिन्दू धर्मभित्रै हेर्ने हो भने पनि धारणाहरू बाझिएका पाउँछौं । कृष्ण प्रणामीले गरेको विश्वासमा वैष्णवीको अविश्वास रहन्छ । त्यस्तै साईभक्तहरू माथिका दुवैभन्दा भिन्न विश्वास राख्छन । इस्लाम धर्म आफैभित्र पनि यस्ता फरक–फरक विश्वासहरू पाउँछौं । यसरी अदृष्य विश्वको व्याख्या पनि मान्छेको बुझाइअनुसार गरिएको पुष्टि हुन्छ । यही आधारमा उनीहरू पूर्ण सत्य नभएको सिद्ध हुन्छ । उनीहरूको धर्मग्रन्थमा पाइने मोक्षको व्याख्या पनि सत्य देखिँदैन ।

हेभेन्ली पाथ चाहिँ न कुनै व्यक्तिको धारणामा विश्वास गर्छ न त कुनै खास समूहको विचारमा नै, किनकि यो रहस्यमयी ईश्वरको आशिषद्वारा स्थापित भएको हो । अन्य आध्यात्मिक एवम् धार्मिक मान्यताहरूभन्दा हेभेन्ली पाथ कुन आधारमा पूर्ण छ भन्ने प्रमाण मानिसहरूले चाहेका हुन सक्छन् । सर्वप्रथम हेभेन्ली पाथ अरुको बिश्वास पूर्ण गलत ठान्दैन । केही शास्त्र र तिनमा उल्लिखित दर्शनहरू केही हदसम्म सत्य नै छन् । हामी सबैलाई थाहा छ कि हरेक वस्तुका दुई पक्षहरू छन् । जस्तो कि रुखमा फल छ वा छैन, म पानी पिइरहेको छु वा छुइन, म हिँडिरहेको छु वा छुइन । तर,यहाँ एउटा वस्तुको एक समयमा एउटै पक्ष हुनु पर्ने हो । अवतारवादको कुरो गर्ने हो भने पनि कुरो उही हुन्छ– कि अवतारवाद छ वा छैन । त्यसै गरी ईश्वरको बारेमा पनि एउटै मत सही हुनसक्छ– कि एक ईश्वर हुनुहुन्छ कि त धेरै । वर्तमान विश्वमा फरक–फरक शास्त्रहरू छन् र उनीहरूकै विचार पनि मिलेका छैनन् । हेभेन्ली पाथमा हामीलाई केही आशिष् प्राप्त छ र हामी विश्वास गर्छौं– स्वर्ग र ईश्वर हामी देख्न वा महसुस गर्न सक्छौं । प्रभुमा विश्वास हुनु सायाङ्मी नै हुनु पर्दैन । विश्वास आत्मा र मनदेखि हुन्छ । हेभेन्ली पाथले हामीलाई ईश्वर र स्वर्ग देखाउँछ वा महसुस गराउँछ र शुद्ध हृदयबाट ईश्वरमा विश्वास दिलाउँछ । त्यसकारणले हेभेन्ली पाथ मोक्षको सही मार्ग हो ।
 

तर गुरुहजुर, यदि कोही व्यक्ति ईश्वरमा गहिरो विश्वास राख्छ तर हेभेन्ली पाथमा गर्दैन भने उसलाई के हुन्छ ?

– हुन्छ, यो दुविधालाई पनि हटाई हालौं । हेभेन्ली पाथले आध्यत्मिक र भौतिक विषयमा उत्तम मार्गनिर्देश गर्छ । यो निर्देशनबाट मानवहरूले सर्वशक्तिमान ईश्वरलाई देख्न वा महसुस गर्न सक्छन् र अन्तमा मोक्ष प्राप्त गरी प्रेम र शान्तिको राज्य स्वर्गमा पुग्छन् । कसैले ईश्वरमा गहिरो विश्वास राखेको भए पनि उसलाई सही मार्ग देखाइएको पाइँदैन । यस प्रकारको कार्यले ईश्वरमाथिको विश्वासमा फरक पर्छ । केही मानिसहरू माता वा बाबालाई ईश्वरको रूपमा पुज्दछन । तिनका मूर्ति र फोटाहरू पुज्दछन् । म उनीहरूको विश्वासलाई सम्मान गर्छु तर, गल्तीलाई पनि मैले औंल्याउनै पर्छ । किनकि माता वा बाबा कुनै पनि सर्वशक्तिमान ईश्वर होइनन् । यस विषयमा विश्वास गर्ने र गर्न लगाउने दुवैले दण्ड पाउनेछन् । कुरो यस विषयमा सामान्य छ, यदि बटुवाले कुनै ठाउँ जाने बाटो कसैलाई सोध्यो र जानीजानी उसले गलत दिशा बतायो भने के हुन्छ ? हामी अन्दाज गर्न सक्छा– बटुवा हराउँछ र धेरै दुःख पाउँछ । भविष्यमा बाटो ढाँट्ने व्यक्ति न्यायकर्ताकहाँ पुगेर दण्डित हुनेछ । हाम्रो समाजमा यस्ता अनगिन्ती समस्याहरू छन् र हामी सबैलाई सचेत गराउन चाहन्छौं । हेभेन्ली पाथले ब्रमाण्डको सृष्टिकर्ताबारे सही ज्ञान दिन्छ, उहाँको स्तुति गर्न लगाउँछ, उहाँकै पूजा गर्न लगाउँछ, केवल उहाँको ।

मृत्युको व्याख्या के हो ?

– साधारणतया मृत्यु जीवित प्राणीको अन्तिम विन्दु भन्ने बुझ्नुपर्छ । यो एक प्रकारको सम्बन्धको विनाश हुनु हो तर अन्त्य भने होइन । यो सही जीवनको सुरुवात विन्दु हो । हामी स्वर्गबाट आएका हौं । हामी धर्तीमा आउनुअघि त्यहीं थियौं । त्यसकारणले मृत्युपश्चात हामी स्वर्ग पुगेर जीवनको पुनः सुरुवात गर्छौं । त्यहाँ ईश्वर र आत्माका बाहेक धर्तीका सबै सम्बन्धहरू समाप्त हुनेछन् । त्यसकारणले मृत्युलाई पूर्ण अन्त्य ठान्नु सही हुँदैन । त्यसैले हामी स्वर्गयात्रीहरू मृत्यु शब्दको प्रयोग गर्दैनौं र भन्छौं– प्रभुले उठाउनुभयो अथवा नयाँ जीवनको सुरुवात भयो ।
 

गुरुहजुर भर्खरै तपाईंले भन्नुभयो कि मृत्युपश्चात सही जीवनको सुरुवात हुनेछ जुन जीवन हामीले स्वर्गमा पाएका थियौं । के कुनै जीवन नर्कबाट पनि आएको हुन्छ कि ?

– प्रश्न समाजमा उठ्न सक्ने खालको छ । उनीहरू जो नर्क जान्छन् उनीहरूले पूर्णतया नयाँ जीवन पाउँछन् । त्यो कसैले र कहिल्यै अनुभव गरेका हुँदैनन् किनभने आत्मा नर्कबाट धर्तीमा आउँदैनन् । यो अत्यन्तै नयाँ जीवन हो र दुःखद पनि । नर्कको व्याख्या म भविष्यमा गर्नेछु ।

साभार स्वर्गिक सन्देश बर्ष ३ अङ्क ६ मङ्सिर १–२९ २०६४ (Nov-Dec 2007)