- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
हेभेन्ली पाथ कुनै धर्मको
हेभेन्ली पाथ कुनै धर्मको
गुरुहजुर ! धर्महरूमा सबैभन्दा खराब पक्ष के के हुन् र त्यस पछाडिका कारणहरू के के हुन सक्छन् ?
– धर्महरूमा खराब पक्ष धेरै छन् । तर, खराबहरू मध्येका सबभन्दा खराब पक्षहरु यस प्रकार छन्:
– हरेक धर्मग्रन्थमा लेखिएको छ – मानव पूर्ण छैनन् र गल्ती गर्छन् । तर पनि धर्मावलम्बीहरू आफ्नै धर्म सत्य हो भनी दावी गर्छन् तर यथार्थ चाहिँ के हो भने उनीहरुको धर्म दर्शन सत्यताको कसीमा अत्यन्त कमजोर निस्कन्छ । उनीहरूको दावी यो पनि हुन्छ कि उनीहरू जे गर्छन् ती सवै सत्य हुन् । यो एक प्रकारको मूर्खता हो । के उनीहरूले शर्वशक्तिमानलाई चुनौति दिईरहेका हुन् ? उनीहरुको यस्तो मूर्खतापूर्ण दावीले अन्ततः समाजलाई वैरभावतिर लैजान्छ ।
– धर्महरुको अर्को खराव पक्ष हो – बिज्ञानलाई मान्यता नदिनु । उनीहरूका धर्मग्रन्थ विज्ञानको परिकल्पना भ्रूण अवस्थामा हुँदा लेखिएका हुन् । धर्मग्रन्थ लेखकले जे हुन्छ ईश्वसकै इच्छा अनुसार नै हुने गर्छ भन्ने मानेका छन् । उनीहरूको ग्रन्थमा बिज्ञान जस्तो विषय समेटिएका छैनन् । पानी किन वरफको रुपमा ठोस भएर जम्छ र उमाल्दा किन वाफको रुप लिन्छ ? यस्ता सामान्य वैज्ञानिक पक्षहरुको उत्तर उनीहरूको धर्म ग्रन्थले दिन सक्दैनन् । यो सत्य हो कि सबै कुरो ईश्वरको इच्छामा चल्छ तर हामी दावी गर्छौं त्यहाँ हरेकको पृथक व्याख्या छ । अनि त्यो व्याख्या विज्ञान बाहेक अरु केही होइन ।
– मान्छेको असल आचारणको रक्षार्थ यसो गरिएको उनीहरूको दावी छ तर त्यसबाट हाम्रो आचारण सर्वनास भैरहेको हामी देख्छौं ।
– कुनै समय यस्तो पनि थियो जुनबेला नारीहरुलाई पुरुषहरुभन्दा तल्लो स्तरको मानिन्थ्यो । यस्तो अमानवीय विभेदको कारण अरु केही नभएर तिनै खराब धर्मशास्त्रहरुबाट प्राप्त खराब शिक्षा नै हुन् ।
यदि धर्ममा भएका सवै खराव पक्ष सच्याउने हो भने के यसले मुक्ति (स्वतन्त्रता) र मोक्ष (अनन्त जीवन) को बाटो देखाउन सक्छ ?
– हजुर, त्यस्ता नराम्रा पक्षलाई हटाउने हो भने धेरै राम्रो हुने थियो । तर, त्यहाँ केही अन्धविश्वासहरू छन्, जुन धर्महरुको अभिन्न अङ्ग भएर बसेका छन् । उदाहरणको लागि, अवतारवादप्रतिको विश्वास त्यति नराम्रो देखिंदैन यद्यपि यो अन्धविश्वास नै हो । अहिले अन्धविश्वासविनाको धर्म फेला पार्न गाह्रो छ । हो, धर्ममा भएको खराव पक्ष सुधारेर अन्धविश्वास हटाउने हो भने तिनले पनि मुक्ति र मोक्षको बाटो देखाउन सक्छन् ।
धर्म र आध्यात्मिक क्षेत्रमा रहेका संभावित भिन्नताहरू के के हुन् ?
– धर्म कर्मकाण्डसहित आउँछ तर अध्यात्मले त्यसलाई प्राथमिकता दिँदैन । एकजना व्यक्ति आध्यात्मिक कार्य गरेर आध्यात्मिक बन्न सक्छ तर धर्ममा फरक हुन्छ । कुनै धर्मको धर्मावलम्बी हुनलाई त्यस धर्मका खास सिद्धान्तहरुप्रति प्रतिवद्ध हुनै पर्छ । हेभेन्ली पाथ धेरै हदसम्म ईश्वरीय आध्यात्मिक मार्गमा छ, धार्मिक होइन । केही मानिसहरू हेभेन्ली पाथसँग पूर्ण परिचित भैसकेका छैनन् र भन्लान्, हेभेन्ली पाथमा कर्मकाण्डहरु गरिन्छन् त्यसैले यो धर्म हो । तर, हामीलाई थाहा छ,हामीले कुनै कर्मकाण्ड गरिरहेका छैनौं हामी सर्वशक्तिमानको प्रार्थना मात्र गरिरहेका छौं । एक नाबालकको जन्म हुन्छ, हामी उनकै लागि प्रार्थना गर्दछौं । जब कसैको आत्मालाई प्रभुले उठाउनुहुन्छ हामी उनकै लागि प्रार्थना गर्छौं । प्रार्थनाका धेरै प्रयोजनहरु हुन्छन् । धर्म सामूहिक रुपमा आउँछ भने अध्यात्म व्यक्तिगत रुपमा । एक जना महान् आध्यात्मिक व्यक्तिले असल कार्य र ईश्वरप्रति आफ्नो जीवन समर्पित गर्छ । तर एकजना ठूलो धार्मिक व्यक्तिले आफ्नो जीवन धर्म र संस्कार आदिमा समर्पित गर्छ ।
एक धार्मिक ब्यक्तिले प्राय आफ्नै धर्ममा आवद्ध मानिसहरुको हितका लागि केही गर्नेबारे सोच्छ । तर, आध्यात्मिक क्षेत्रमा लागि आफू र अरुमा कुनै फरक हुँदैन । अध्यात्मबाट प्रेरित व्यक्तिले कुनै कार्य सही वा गलत के हो भन्ने निष्कर्ष आध्यात्मिक माध्यमबाटै स्वीकार्छ । जब कि धार्मिक व्यक्तिे आफ्नो धर्मग्रन्थको आधारमा मात्र निष्कर्षमा पुग्छ । धर्ममा विभिन्न संस्कार र संस्कृतिहरुले मानिसहरु बाँधिएका हुन्छन् । आध्यात्मिक व्यक्ति चाहिँ प्राविधिक रुपमा ती कुनै बन्धनमा बाँधिएको हुँदैन । जस्तै, एक मुस्लिम धर्मावलम्बी कुरानका वचनहरु कट्टरतापूर्वक पालना गर्छ र त्यही अनुसारको आचारण पनि गर्छ । आध्यात्मिक व्यक्ति यस्ता कुराहरूबाट स्वतन्त्र हुन्छन् । उसलाई मुश्लिम वा हिन्दू कसैको जस्तो आचारण गर्नुपर्ने बाध्यता हुँदैन ।
गुरुहजुर, हेभेन्ली पाथले ईश्वर, धर्म, अध्यात्म, समाज, र संस्कारको छुट्टै प्रकारले वर्णन गर्छ,तर हेभेन्ली पाथले नयाँ धर्म स्थापना गरेको छैन भनेर हामी कसरी भन्न सक्छौं ?
– हेवेन्ली पाथले ईश्वर, धर्म आदिको व्याख्या दर्शनको आधारमा गर्छ जुन आध्यात्मिक रुपमा मात्रै सत्य नभई तार्किक रुपमा पनि सही छ । यसका साथै, हेभेन्ली पाथले गर्ने वर्णन मात्रै नौलो छ भन्ठान्नु पूर्ण रुपमा सही नभए पनि हेभेन्ली पाथले भिन्न र सही ढङ्गले व्याख्या गरेको छ । हुनसक्छ, कुनै धर्मशास्त्रहरूले माथि उल्लेखित विषयमा गरेको व्याख्या सही नै होला । त्यस्ता विषयहरुलाई हेभेन्ली पाथले थप मजबूत पारेको छ । उदाहरणको लागि, हिन्दू धर्ममा कृष्णका अनुसार,देवी–देवताहरूले मोक्ष पाउँदैनन् । यो भनाइ सत्य छ र यसलाई हेभेन्ली पाथले अझ जोड दिएको छ । त्यस्तै, इसाई धर्ममा भनिएको छ – “आफूलाई जस्तै छिमेकिलाई प्रेम गर अनि मन, मष्तिस्क, आत्मा र शक्तिले ईश्वरको प्रेम गर ।“ बाइबलको यो भनाइ पनि सत्य छ जसलाई हेभेन्ली पाथले थप महत्त्वका साथ अगाडि सारेको छ ।
यहाँ मैले प्रष्ट पार्न चाहेको के हो भने हेभेन्ली पाथले कुनै वस्तुको व्याख्या भिन्न तरिकाले गरेको छैन बरु सत्य छर्लङ्गिने गरी व्याख्या गरेको छ । हेभेन्ली पाथ कुनै धर्मको विरोधमा बिलकुलै छैन । तर यो शास्त्रहरूमा उल्लेख भएका सत्यहरु औंल्याउँदै तिनलाई आध्यात्मिक र भौतिक जीवनमा लागू गर्न मानिसहरुलाई प्रेरित गर्छ । यति भएपछि हेभेन्ली पाथले नयाँ धर्मलाई जन्म दिएको छैन भन्नेबारे व्याख्या गरिरहनु पर्दैन भन्ने विश्वास छ । बरु, यसले शास्त्रहरूको सारलाई जनसमक्ष ल्याएको छ ।
साभार स्वर्गिक सन्देश Year 3, vol 34/35, चैत्र १ - बैशाख ३१, २०६४/६५