स्वर्गिक मार्ग

स्वर्गिक मार्ग

 

स्वर्गिक मार्ग

विभिन्न धर्म, दर्शन, संस्कार, ज्ञान, र बिचारधाराहरुले बिभाजीत मानिसहरुलाई एकताको सुत्रमा उनेर बिस्वमा समानता, भ्रातृत्व, र शान्ति स्थापना गर्ने उदेश्यले स्थापीत हेवेन्ली पाथको आफ्नो छुट्टै दर्शन भएकाले धर्म जस्तो देखिए पनि यो कुनै धर्म होइन, केवल स्वर्ग माने मार्ग हो जुन कुरा यसको नामाकरणबाटै प्रष्ट हुन्छ l अध्यात्मप्रति प्रशस्त झुकाव राख्दा राख्दै पनि यो विशुद्ध अध्यात्मिक संस्था पनि होइन l  यसले सामाजिक एवं राष्ट्रिय अन्तराष्ट्रिय बिषयहरुमा पनि यथेष्ट चासो देखाउछ तर यो कुनै सरकारी वा गैरसरकारी संघ-संस्था पनि होइन l केहि दुर्बोध्य लाग्ने पृथक आयाम बोकेको हेवेन्ली पाथ वास्तवमा आजको जटिल युगको आवश्यकता पुरा गर्ने सरल मार्ग हो l हेवेन्ली पाथ विश्वका सम्पूर्ण दर्शनहरुको सार हुनाले यो सबै मानिसहरुको सांझा मार्ग हो l  यसभित्र धार्मिक र आध्यात्मिक दर्शनको समीकरण मात्रै छैन भौतिक दर्शनलाई पनि उचित ठाउँ दिइएको छ l एक पकछिय दर्शनले मानिसहरुलाई एकीकृत गराउन नसक्ने हुनाले हेवेन्ली पाथ सर्वोत्तम मार्गका रुपमा अगाडी आएको छ l एउटा इश्वरलाई ब्रम्हाण्डको श्रिष्टिकर्ता मानु र परम् प्रधान परमेश्वर अथवा परम् प्रभुको रुपमा पूजा-आराधना गर्नु हेवेन्ली पाथको दर्शनको बिशेषता हो l मुर्तिपूजा, प्राकृतिक थोकहरु जस्तै नदि, खोला, सुर्य, चन्द्र, तारा आदिको पूजा जस्ता कार्यहरुलाई यस दर्शनले भ्रम मात्र ठान्दछ l हेवेन्ली पाथले पुनार्जन्ममाथी बिस्वास राख्दैन l मानिसको आत्मा, राजा र रंक, महिला, पुरुष, अपांगको आत्मा समान हुने भएकोले यसले सबै मानबहरुलाई एकै ठान्दछ l हेवेन्ली पाथको दर्शनको स्रोत पवित्र ग्रन्थ "निशुई" हो l हेवेन्ली पाथका यात्रीहरुले प्रचलनमा ल्याएका इयान्सेनहरु पनि निशुईद्वारा नै निर्दिष्ट छन् र ति तर्कसंगत एवं सत्यमा आधारित पनि छन् l  यसबाट मानिसहरुको आस्था र बिश्वास प्रत्यक्ष रुपमा इश्वरमाथि पर्ने निश्चित छ l मानिसहरुलाई जटिल दर्शनको भुमरीमा हुत्याएर अलमलमा राखनुभन्दा सरल रुपमा इश्वरको परिचय गराउनु हेवेन्ली पाथको दर्शनको विशिष्टता हो l यसभित्र अनावश्यक कर्मकाण्ड र गलत संस्कारहरुलाई स्थान दिइएको छैन बरु समाजलाई फल्न-फुल्न सहयोग गर्ने दर्शनलाई प्रकाशमा ल्याईएको छ l हेवेन्ली पाथले आत्मसात गरेको ईयान्सेन, सायाँग्मी लगायतका दर्शन्हरुले व्यक्ति एवं समाजको चेतनालाई उदार, बिस्तिर्ण र युगसापेक्ष तुल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ l

 

 

हेवेन्ली पाथ सबै किसिमका बीभेधरुको अन्त्य चाहन्छ l जातजाति, रंग, वर्ग, लिंग, सम्प्रदाय, धर्म, संस्कार, विचारधारा, आदिका आधारमा विश्वका मानिसहरु विभाजित भएकै कारण विश्वमा द्वन्द, हिँसा र बिश्रीन्खलता बढ्दो छ l  यो दुरावस्थाको अन्त्यका लागि उपायहरु पनि नखोजीएका होइनन l  तर जे-जस्ता उपायहरु अपनाइए, ति आफैमा अपूर्ण सावित भए l कतिपय उपायहरु त स्वयम थप विभेदको कारणसमेत बन्न पुगे l यहि पक्षलाई द्रिस्टिगत गरि हेवेन्ली पाथले "प्रेमवाद" को रुपमा एउटा सर्वसम्मत तथा युगानुकुल दर्शनलाई आघि सारेको छ l यस दर्शनले विद्धमान सबै खाले विभेद, बैरभाव र तनावको समूल अन्त्य प्रेमबाटनै हुनसक्छ भन्ने मान्यता राख्छ l मानव हितकारी युगानुकूल दर्शनलाई अघि सारेको कारण हेवेन्ली पाथले विभिन्न देशमा यथोचित बिस्तार पाइसकेको छ l दर्शनलाई व्यवस्थित रूपमा बिस्तार गर्ने उदेश्यले हेवेन्ली पाथका विभिन्न भ्रात्रि संघ-संगठनहरु खडा भएका छन् l विश्व शान्तिको स्थापना गर्ने र मृत्युपछि मुक्ति प्राप्त गर्ने सांझा लक्ष्यका साथ् क्रियाशील हेवेन्ली पाथका सबै निकायहरुले सुप्रिम मास्टर गडएन्जलज्युको प्रेमपुर्ण अभिभावकत्व र निर्देशन पाएका छन् l यस पाठमा यात्रा गर्ने यात्रीहरु परम् गुरुहज़ुरकै सदिच्छा अनुसार हृदयमा इमान्दारी, मस्तिस्कमा समझदारी र काँधमा जिम्मेवारीका साथ् आ-आफ्ना कार्य छेत्रमा खटिएका छन् l यसरि खटिने यात्रीहरु विभिन्न तहका गुरुज्यूहरु, होल्कार्यकर्ताहरु, सायांग, सायान्ग्मी, सेयिंग, आदि पर्दछन l

 

 

हेवेन्ली पाथले आफूलाई सबै प्रकारका बिचार, दर्शन, सम्प्रदायलाई अटाउन सक्ने मार्गको रूपमा उभ्याएको छ l वास्तवमा यो सम्पूर्ण दार्शनिक एवं बैचारिक मार्गहरु मिसिने फराकिलो राजमार्ग हो l यस मार्गबाट यात्रा गर्ने हरेक व्यक्तिले आफ्नो लक्ष्यसम्म पुग्न समर्थ हुन्छ l यहाँ आइपुगेपछि सबै प्रकारका विभाजक रेखाहरु मेटिनछन् l एक अर्थमा यो स्वयममा समाधानको बाटो हो, किनभने यो बाटोहरुको बाटो हो l यसले आत्मसात गरेको दर्शन विभिन्न दर्शनहरुको सार हुनाले हेवेन्ली पाथलाई कुनै पनि किसिमको तर्कका आधारमा गलत सावित गर्न सकिन्न l यो सत्यको अभेघ किल्ला हो l सत्यताको आधारमा विश्व मानव एकता, शान्ति र मोक्ष्यका लागि हेवेन्ली पाथ अन्तिम विकल्प हो l यस दर्शनको अध्ययन र ग्रहणमा सबैको भलाइ देखिन्छ l

सेवांग्मी !