- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
यात्री हुँ म.........
यात्री हुँ म.........
यात्री हुँ म यात्री यात्रामै हिडिरहने
यात्री हुँ म यात्री यात्रामै बगिरहने
नचल्ला हात दुख्ला गोडा तर म रोकिन्न
पहिरो जाला ढुङ्गा झर्ला तर म छेकिन्न
शान्तिको फुल सिचाई गर्न कहिलै थाक्दिन
निर्वाणाको गोरेटोमा साहश कहिले हार्दिन
यात्री हुँ म.........
उकालो ओरालो झर्ने चढ्ने गर्नै परेनी
रोदन हासो आपत बिपत सहनै परेनी
प्रेमको फुल सिचाई गर्न कहिलै थाक्दिन
प्रेमबादको गोरेटोमा साहश कैइलै हार्दिन
यात्री हुँ म..........
शिशिर हावा झर्ना खोला सङ्गै बगिरहन्छु
दिनको सुर्य रातको जुन सङ्गै दौडिरहन्छु
रहस्यको फुल सिचाई गर्न कहिले थाक्दिन
जिबनको गोरेटोमा साहश कहिले हार्दिन
यात्री हुँ म...........HHMG