प्रेस वक्तव्य १

प्रेस वक्तव्य १

आदरणीय पत्रकार मित्रहरु

 
विश्वका सर्वोच्छ शिखर सगरमाथामा एडमण्ड हिलारी र तेन्जिंग शेर्पाले प्रथमपटक पाइला राखेपछि सगरमाथा आरोहणको इतिहासमा आजसम्म विभिन्न प्रकारका अदभूत रेकोर्डहरु राखिएका छन् l व्यक्तिगत वा संस्थागत रूपमा, व्यक्तिगत शौख वा संस्थागत, जातिगत वा संगठानात्मक, पेशागत वा राष्ट्रिय गौरवका लागि राखिएका ति रेकोर्डहरु तोडिने र नया थपिने क्रम पनि चलिनै रहेको छ र पछिसम्म चलीनै रहनेछ l आरोहणको यस क्रममा गत जेस्ठ ६ गते तदनुसार मे २० मा एउटा एकदमै नयाँ अध्याय थपिएको छ l 
 
"Prayer, Meditation and Request for The World Peace on The Top of The World by Supreme Master Godangel "नामक अभियानको नेतृत्व गरि गत अप्रिल ९ मा सगरमाथाको बेस क्याम्प तर्फ प्रस्थान गर्नु भएका स्वामी बालतपस्वी सत्गुरु ओम्नन्द सुप्रिम मास्टर गडएन्जलज्युले सगरमाथाको चुचुरोमा साढें ३२ घण्टा सम्म रही विश्व शान्ति एवं सारा प्राणीहरुको कल्याणको कामना गर्दै २७ घण्टा सम्म तपस्यामा बसेर आरोहणको छेत्रमा बिल्कुलै नयाँ आयाम थप्नुभएको छ l  उँहाले मे २० को बिहान ४:३३ बजे चुचुरोमा पाइला राख्नु भएको थियो भने भोलिपल्ट दिउँसो १ बजे  तपस्या पुरा गरि बेस क्याम्प तर्फ फर्कनु भएको थियो l यस बीचमा उँहाले केवल ११ घण्टा मात्र अक्सिजन को प्रयोग गर्नु भएको थियो l ६ घण्टा २० मिनटमा बेस क्याम्प झरेर उँहाले अर्को अदभूत कार्य गर्नु भएको थियो l उँहाको तपस्याबरे अनलाईन थुप्रै समाचारहरु प्रकाशित भैसकेको यहाँहरुलाई बिधितै छ l स्मरण रहोस, यसरी आफ्नो ज्यानलाई जोखिममा राखेर उँहाबाट भएको यो अदभूत कार्य व्यक्तिगत वा संस्थागत कुनै किसिमको रेकर्ड राख्ने एवं नाम र प्रसिद्धि कमाउने नियतले प्रेरित नभई सारा प्राणीहरु र समग्र विश्व प्रति करुणाले ओतप्रोत भइ उनीहरुकै हितार्थ गरिएको एक आध्यात्मिक अनुष्ठान हो l 
 
यो उनको तपस्यामायी यात्रा को एक महत्वपुर्ण चरण मात्र हो l उँहा अझै तपस्याको क्रममा रहेको र यो ३ महिना सम्म निरन्तर रहने स्वामी ओमनन्दज्युले अवगत गराउनु भएको छ l यिनै कारणहरुले गर्दा आरोहण सम्पन्न गरेर काठमान्डौ फर्कनु हुँदा उँहाको स्वागतमा रयाली लगायत कुनै किसिमको कार्यक्रमहरु तत्काल आयोजना गरिएन l उँहाको ३ महिना लामो मौन तपस्या पुरा भएपछि उँहाका आशिश्मय वाणीहरु सुन्ने तथा उँहालाइ अभिनन्दन गरिने कार्यक्रम आगामी भदौ १० गते सुनसरीको धरानमा नेपालको सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा हुने यसै बिज्ञप्ति द्वारा सम्पूर्ण पत्रकार मित्रहरुमा जानकारी गरिएको छ l सुप्रिम मास्टर गडएन्जलज्युको साथमा हिमालयन लिजेण्ड ट्रेकको तर्फबाट जानुभएका क्लैम्बिंग शेर्पा द्वय कर्म ग्याल्जेन शेर्पा र दानुरु शेर्पा एवं अल्टिटुड शूटर पूर्णकुमार (पी.के.) शेर्पाले पनि आरोहण सम्पन्न गर्नुभएको छ l 
 
सुप्रिम मास्टर गडएन्जलज्यु लगायत उँहाहरुले सफलतापुर्वक आरोहण सम्पन्न गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिले पनि पुष्टि गरिसकेको छ l विभिन्न नेपाली सञ्चार माध्यम बाट पनि यसबारे समाचारहरु पनि आइसकेका छन् l आरोहण आभियान हिमालयन लेजेन्द ट्रेक प्रा. लि. का संगम शेर्पाज्युका संयोजनमा सम्पन्न भएको थियो भने आर्थिक संयोजनमा कुमारी बैंक लिमिटेडले सहयोग पुर्याएको थियो l यसै सन्दर्भमा सुप्रिम मास्टर गडएन्जलज्युले आगामी ३ देखि ७ बर्ष भित्रमा सगरमाथा शिखरमा पुनः सारा प्राणीहरुको कल्याणको कामना गर्दै ७२ घन्टासम्म तपस्या गर्ने सदिइच्छा ब्यक्त गर्नुभएको कुरा पनि यहाँ सबै संचारकर्मी मित्रहरु समक्ष जानकारी गराइनछ l 
 
 
सुप्रिम मास्टर गडएन्जलज्युको जन्म सन् १९८१ मार्च ३० मा नेपालको उदयपुर जिल्लाको बिकट गाऊं मैनामैनी - २ मांगतेन्मा एक बिपन्न परिवारमा भएको हो l बाल्यकाल देखि अध्यात्मिक रहस्यहरुसंग अभ्यस्त रहँदै आउनुभएका उँहा नेपाल र भारतका विभिन्न प्रसिद्ध पोखरिहरुको बीचमा तपस्या गरि एवं विश्व शान्तिको ध्वजा राखेर धेरै पहिलेदेखि चर्चामा रहँदै आउनुभएको छ l यसरी बाल्यकाल देखिनै विभिन्न ठाउँमा तपस्या गर्दै आउनुभएकोले उँहालाइ 'बालतपस्वी' कहलाईनु भएको हो l राजदरबारको हत्याकाण्ड, अमेरिकाको ट्विन टावरमा हमला आदि चर्चित घटनाहरुबारे उँहाले भविष्यवाणी पनि गर्नुभएको थियो l दरबार हत्याकाण्डको भविष्यवाणी गर्दा उँहाले जेल सजाय समेत भोग्नु परेको थियो l हाल उँहा हेवेन्ली पाथ अर्थात् निर्वाणा पाथका संरक्ष्यक र आध्यात्मिक दार्शनिक गुरु हुनुहुन्छ l