प्रेस वक्तब्य २

प्रेस वक्तब्य २

प्रेमलाई एकमात्र शान्तिको बाटो मान्नुहुने सुप्रिम मास्टरज्यु प्रेमवादी दर्शनका प्रणेता समेत हुनुहुन्छ l आफ्ना सन्देशहरु बाँड्ने क्रममा उँहाले विश्वका ६ दर्जन भन्दा बढी देशमा पाइला राखिसक्नु भएको छ l उँहाकै अनवरत यात्रा र कठिन संघर्षका कारण आज हेवेन्ली पाथ निर्वाना पाथले भारत / भुटान / बेलायत/ हंगकंग लगायत अमेरिका / ब्रुनाई/ सिंगापुर/ क्यानाडा/ अस्ट्रेलिया/ फ्रान्स/ जिम्बाब्वे/ जापान/ पोल्याण्ड/ रसिया/ कोरिया/ आदि राष्ट्रहरुमा संगठित - असंग्गठित रुपमा बिस्तार पाइसकेको छ l   हेवेन्ली पाथ निर्वाना पाथले जीवन र जगतलाई भौतिक र आध्यात्मिक दुवै पाटाबाट हेर्छ तर यो कुनै धार्मिक सम्प्रदाय हैन l धर्महरुले  समाजमा सत्य, प्रेम, र आनन्द बाँड्नु भन्दा वैमनश्य, कलह, र युद्धह आधि बाँडी रहेका छन् l विज्ञानले बिकासको नाउँमा बिनाश बाडिरहेको छ भने राजनीतिले सुशासनको सट्टा भ्रष्टता र सत्तालोलुपता बाँडिरहेको छ l 

 

संतोष र चैनको स्वास लिने ठाउँ कहिँ पनि छैन l तर ति नकारात्मकता हरु लै भजाएर, बिनाश, र बिधम्शको भयले गलाएर अनि स्वर्गको लोभ र नर्कको त्रास देखाएर मानिसहरुलाई आफ्नो संगठनमा लाईन लगाई सँधै आफ्नो दर्शनको सुगारटान गराउनु हेवेन्ली पाथ / निर्वाणा पाथको उदेश्य पटक्कै होइन बरु यो बिशुद्द आध्यात्मिक मार्ग चाहिँ पक्कै हो जहाँ सबै धर्म, देश, र प्राणीहरु सबै सजिलै आटाउछन् l यसको एउटा बिनम्र दाबि छ त्यो हो - यी सम्पूर्ण कुराहरुलाई हेर्ने मान्छेको दृस्टीकोणमा प्रेमभाव आएन भने संसारमा कहिलयै शान्ति आउने छैन l 

 

सुप्रिम मास्टर गडएन्जलज्युको वाणी छ - "शान्ति वृक्ष हो भने प्रेम चाहिं त्यसको जरा हो" तसर्थ हामी सबैमा प्रेमभाव जागृत हुनु जरुरि छ l प्रेमवाद्को सरोकार यहि हो l सुप्रिम मास्टर गडएन्जल्ज्युको चिन्तनको सार पनि यिनै हुन् l सगरमाथाको शिरमा उँहाले सम्पन्न गर्नु भएको त्यति लामो कठिन तपस्या पनि यहि चिन्तन द्वारा प्रेरित थियो l सर्वोच्चा शिखरमा आफुले गरेको तपस्याबारे बताउन स्वामी ओम्नन्दज्यु एकछिन आफ्नो मौनता भङ्ग गर्दै भन्नुहुन्छ - "मैले सर्वोच्चा शिखरको चुचुरोमा सारा मानव जातिमा प्रेमको घाम झुल्कियोस भनेर तपस्या अनि प्रार्थना गरें कारण प्रेमबिना शान्ति सँधै, सँधै अनि सँधै अपाङ्ग हुन्छ l " 

 

 

आध्यात्मिक सत्यलाई स्वीकार्ने हो भने उँहाको यो अदभूत कार्य प्रति विश्व मानवले गौरव गर्नु पर्छ र उँहाप्रति कृतज्ञ हुनुपर्छ l अतः सम्पूर्ण मानव र प्राणीका लागि एक अध्यात्मिक गुरुबाट भएको यो महान र दुर्लव कार्य बारे बिश्वसमाज्लाई सुसुचित गराउनु सबै सञ्चारकर्मीहरुको दायित्व हो भन्ने हामीलाई लागेको छ l अझ एक नेपाली गुरुको रूपमा उँहाले राष्ट्रकै गरिमा बढाउनु भएको छ l यस हिसाबले हेर्ने हो भने नेपाली संचारकर्मी र नेपाली मिडियाको दायित्व स्वाभाविक रूपमा अझ बढी हुन आउछ l समाजमा महान कार्य गर्ने आफ्नो नागरिकहरुलाई मृत्युपछि मात्र सम्मान गर्ने भनेर राज्य माथि जुन आरोप छ, सुप्रिम मास्टर गडएन्जल्ज्युको सन्दर्भमा पनि त्यो आरोप पुष्टि हुने संकेत देखिदैछ l यस्तो परम्परा दोहोरिन नदिन राज्यको चौथो अंग तपाईं संचारकर्मीहरु अवश्य सचेत हुनुहुन्छ भन्ने हेवेन्ली पाथ नेपालको विश्वास रहेको छ l सुप्रिम मास्टर गडएन्जल्ज्युले सगरमाथाको शिरमा गर्नु भएको कठिन तपस्या बाट प्राप्त हुने सिद्धिलाइ यहाँहरुको कलम र आवाजको साथले अझ सार्थक तुल्याउन मदत गर्नेछ l 
 
धन्यबाद 
जय प्रेम !